newskoseli.Com

फेवातालमा छाडिए १० हजार भुरा

विश्व मत्स्य दिवस, २०७६ का अवसरमा पोखरास्थित फेवातालमा माछाका १० हजार भुरा छाडिएका छन् । आयातीत माछाका प्रजातिका कारणले परम्परागत र स्थानीय माछा लोप हुने खतरा बढेपछि मत्स्य अनुसन्धान केन्द्र पोखराले बिहीबार फेवातालमा सहर जातका माछाका भुरा छाडेको हो । स्थानीय प्रजातिका माछाको सङ्ख्या बढाउने उद्देश...बाँकी

दशकदेखि सडकमा बस्दै आएका मनोरोगीको भयाे उद्धार

थाक्रे गाउँपालिका, धादिङका जनप्रतिनिधि, विद्यालयका शिक्षक, स्वास्थ्यकर्मी, समाजसेवी, स्थानीय राजनीतिक दलका प्रतिनिधिलगायतका लागि मनोसामाजिक समस्याबारे एकदिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ । ‘मानसिक एवं मनोसामाजिक सुस्वास्थ्यका लागि राष्ट्रिय अभियान नेपाल’ नामक संस्थाको प्राविधिक सहयोग र थाक...बाँकी

यस्ताे छ उपनिर्वाचनको सुरक्षा तयारी : ‘एकीकृत सुरक्षा योजना पारित’

मङ्सिर १४ मा हुने उपनिर्वाचनका लागि तयार पारिएको एकीकृत सुरक्षा योजना निर्वाचन आयोगले पारित गरेको छ । उच्चस्तरीय सुरक्षा समितिका संयोजक निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालको अध्यक्षतामा बसेको बैठकले सुरक्षा निकायबाट प्रस्तुत एकीकृत सुरक्षा योजना परिमार्जनसहित पारित गरेको हो । बैठकले सुरक्षाको सम...बाँकी

शुक्रबारदेखि ४ दिनसम्म नेपाल–भारत सीमानाका बन्द

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका शुक्रबारदेखि चार दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार मङ्सिर ६ देखि ९ सम्म झुलाघाट नाका बन्द हुने भएको हो । मङ्सिर ८ (२५ नोभेम्बर) मा भारतमा विधानसभाको उपनिर्वाचन हुन लागेकाले सुरक्षा संवेदनशीलता कारण जनाउँदै साँझ ५ बजेदेखि मङ्सि...बाँकी

मन्त्रालयबाट बिदा हुँदै गोकर्ण विष्टले के भने ?

निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आफू मन्त्री पदबाट बाहिरिए पनि देश, जनता र श्रमजीवी वर्गका पक्षमा लडिरहने प्रण गरेका छन् । मन्त्री पदबाट बाहिरिएपछि बिहीबार मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रममा बोल्दै सरकार बदलिने र मन्त्रिमण्डल फेरबदल हुने स्वाभाविक प्रक्रिया भएको ...बाँकी

४ बजे नयाँ मन्त्रीहरुको सपथ, १२ बजे बालुवाटारमा सचिवालय बैठक

मन्त्रिपरिषदमा हेरफेर गरेर बुधबार साँझ ४ बजे नयाँ मन्त्रीहरुले सपथ ग्रहण गर्ने गरी टुंगो लागेसँगै नयाँ मन्त्रीहरुको अन्तिम नामावली टुंग्याउन बुधबार दिउँसो १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सत्ताधारी दल नेकपाको सचिवालय बैठक बोलाइएको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री केपी ओ...बाँकी

पत्रकार भण्डारी पक्राउ : १ रूपैयाँ जरिवाना र १ घन्टे जेल सजायपछि रिहा !

जिल्ला अदालत कञ्चनपुरले सुनाएको फैसला कार्यान्वयनका क्रममा पत्रकार खेम भण्डारी पक्राउ परी, जरिवाना तिरी रिहा समेत भैसकेका छन् । जिल्ला अदालतको फैसलाअनुसार पत्रकार भण्डारीलाई १ घन्टा जेल र १ रुपैयाँ जरिवाना सजाय भोगाउनका निम्ति मंगलबार पक्राउ गरिएको हो । १ रूपैयाँ जरिवाना तिरिसकेपछि १ घन्टे जेल सज...बाँकी

भक्तपुरमा उपचुनावको रन्को : उम्मेदवारसहित नेमकिपाका नेता–कार्यकर्ता नेकपा प्रवेश

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का विभिन्न तहमा रहेर कार्यरत नेता–कार्यकर्ताहरु सो पार्टी परित्याग गरी सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा चाँगुनारायण नगरपालिका– ८, सुडालमा नेमकिपाबाट वडाध्यक्ष पदको उम्मेदवार भएका गणेशप्रसाद द...बाँकी

झाँक्रीको घाँटी रेटेर हत्या, संलग्नताको आरोपमा ५ जना पक्राउ

धामीझाँक्रीको घाँटी रेटेर हत्या गरेको आरोपमा सिरहा प्रहरीले पाँच जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । गाउँघरमा धामीझाँक्रीको काम गर्दै आएका भारतको बिहार राज्यको मधुवनी जिल्लास्थित ललमनिया ग्राम, बेल्हा पञ्चायत निवासी ४० वर्षीय राजकुमार यादवको कात्तिक २१ गते बिहान शव फेला परेको थियो । घाँट...बाँकी

सत्ताधारी नेकपाले टुंग्यायो प्रवास समन्वय कमिटी : इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष, सचिव र सदस्यमा को–को ?

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले प्रवास समन्वय कमिटीको नेचृत्व चयन गरेको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले प्रवास कमिटी गठन गर्दै विन्दा पाण्डेलाई इन्चार्ज र लक्ष्मण पन्तलाई सहइञ्चार्जको जिम्मेवारी दिएको हो । प्रवास कमिटीको अध्यक्षमा...बाँकी