newskoseli.Com

निषेधित क्षेत्रमा १७ हजार विदेशी पर्यटक

सरकारले देशका विभिन्न क्षेत्रलाई सिमाना तोकी निषेधित क्षेत्र कायम गरेकामा ती क्षेत्रमा अध्यागमन विभागबाट अनुमति लिएर गत आर्थिक वर्ष २०७२/७३ मा १७ हजार ३७० विदेशी पर्यटकले पदयात्रा गरेका छन् ।सरकारले राजपत्रमा सूचना प्रकाशित गरी वन्यजन्तु तथा प्राकृतिक स्रोत साधनको संरक्षणका लागि र तिब्बतसँग सीमा जोड...बाँकी

बाढीले २८ सय रोपनी खेत बगायो

 साउन १० र ११ गतेको बाढीले जिल्लामा  २  हजार ८०० रोपनी खेत बगाएको छ । स्थानीय भुजी खोलामा आएको बाढीले अधिकारीचौरमा मात्र ४०० रोपनी खेत बाढीले कटान गरेको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत विनोद हमालले जानकारी दिए । निशी, देवीस्थान र बोहरागाउँमा २०० रोपनी खेत बगरमा परिणत भएको छ । भीमगिठे, ग्वालीचौर,...बाँकी

क्रान्तिकारीद्वारा ३ कलेजमाथि कारबाही

 अखिल क्रान्तिकारीले बन्दका दिन कक्षा सञ्चालन गर्ने काठमाडौँका ३ वटा कलेजमाथि कारबाही गरेको जनाएको छ । अखिल क्रान्तिकारीका महासचिव दीपेन्द्र चलाउनेका अनुसार काठमाडौँ मोडेल नर्सिङ कलेज र एसएमएस कलेजले बन्दका दिन कक्षा र प्रशासन सञ्चालन गरेकाले ती कलेजमाथि अखिल क्रान्तिकारीका कार्यकर्ताले तोडफोड गरेका...बाँकी

संविधान त्रुटिपूर्ण छ, सच्याउनुपर्छ–डा भट्टराई

नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले अहिले बनेको संविधान त्रुटिपूर्ण रहेकाले सच्चाएर अघि बढ्नुपर्ने धारणा राखेका छन् ।प्रेस सोसाइटी नेपाल तनहुँ शाखाले सोमबार दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा डा भट्टराईले भने“संसदीय प्रणालीबाट जाने परिपाटीको अन्त्य गरिनुपर्छ । प्रत्यक्ष निर्वाचित राष्...बाँकी

आफू मरेर यात्रु बचाउने विमानचालकले पाए ओजस्वी पुरस्कार

स्व. विमानचालक दिनेश न्यौपानेलाई न्यौपाने बन्धु समाजले 'नारायण–ईश्वरी न्यौपाने समाजसेवा ओजस्वी पुरस्कार' प्रदान गरेको छ । आफ्नो जीवन उत्सर्ग गरेर पनि जहाजमा सवार यात्रुलाई बचाउने वीरता, चीरस्मरणीय र गौरवशाली कार्य गरेबापत कदरस्वरुप समाजले उनलाई शनिबार राजधानीमा आयोजित समारोहमा उक्त पुरस्कारद्वार...बाँकी

अस्ट्रियाको राजधानी भियना अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा नयाँ आयाम

अस्ट्रियाको राजधानी भियनास्थित संयुक्त राष्ट्रसङ्घीय कार्यालयका निम्ति स्थायी नेपाली प्रतिनिधिको नियुक्तिले मुलुकको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ । सन् १९८० प्रारम्भ भएको पहिलो दिन नै स्थापना भएको राष्ट्रसङ्घीय उक्त कार्यालयमा मुलुकको स्थायी प्रतिनिधित्व ...बाँकी

महिला पत्रकारका लागि निःशुल्क स्वास्थ्य शिविर

 क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)ले ‘सन्डे क्लब’ अन्तर्गत आज पत्रकार महिलाका लागि निःशुल्क स्त्री तथा प्रसूति रोगसम्बन्धी स्वास्थ्य शिविरको आयोजना गरेको छ । बयोधा अस्पताल, बल्खुको सहयोगमा वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. मीरा हाडाले राजधानीको विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रका...बाँकी

कानुन व्यवसायीको निर्वाचनमा मत बदर

सप्तरी जिल्ला बार एसोसिएसनको शुक्रबार भएको निर्वाचनमा खसेको मतमध्ये २ मत बदर भएपछि सबैलाई अचम्मित पारेको छ । बारका ८१ मतदातामध्ये ७९ जनाले मतदान गरेका थिए, जसमा २ मत बदर भएको निर्वाचन अधिकृत रामकुमार यादवले सुनाएपछि उपस्थित सबै अचम्ममा परेका थिए ।उनले १ जना मतदाताको मतपत्रमा चिह्न लगाउने कोठामा न...बाँकी

राष्ट्रलाई एकताबद्ध राख्न निकै ठूलो चुनौती : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले जातजाति, भाषाभाषी र भूगोललाई एकढिक्का बनाएर राष्ट्रिय स्वाधीनतालाई सुदृढ तुल्याउँदै राष्ट्रलाई एकताबद्ध राख्नु निकै ठूलो चुनौती रहेको बताएका  छन् । गोरखा–काठमाडौँ सम्पर्क मञ्चकाे, पाँचौँ एकता भेलालाई आज सम्बोधन गर्दै उनले भने– ‘‘संविधान घोषणा भएको छ, त्यसलाई परिमार्...बाँकी

राजदूतको नाम फिर्ता गर्नु नहुने नेता नेपालकाे भनाइ

नेकपा (एमाले) का नेता माधवकुमार नेपालले अघिल्लो सरकारले सिफारिस गरेका १४ जना राजदूतको नाम फिर्ता लिएर अहिलेको सरकारले गल्ती गरेको बताएका छन् ।रौटहट–काठमाडौँ सम्पर्क मञ्चको प्रशिक्षण तथा सम्मान कार्यक्रममा बोल्दै उनले संसदीय सुनुवाइ विशेष समितिमा सुनुवाइका क्रममा रहेका १४ जना राजदूतको नाम फिर्ता लिएर...बाँकी