२३ पुष, २०७३ |
राजाराम कार्की
खेतीयोग्य जमिन क्रमशः बाझो हुँदै गए पनि नेपालको प्रमुख खाद्यान्न बाली धान उत्पादनमा २१ दशमलव शून्य ६ प्रतिशतले वृद्धि भएकाे छ ।
गत वर्ष ४२ लाख ९९ हजार मेट्रिक टन धान उत्पादन भएकोमा यो वर्ष बढेर ५२ लाख ३० हजार मेट्रिक टन उत्पादन भएको छ । यो उत्पादन हालसम्मकै उच्च हो ।
आर्थिक वर्ष ०६९/७० मा १५ ल...बाँकी
२३ पुष, २०७३ |
एउटै जिल्लामा यस वर्ष १३ करोड रूपैयाँभन्दा बढीको सुन्तला उत्पादन भएको छ । बागलुङ जिल्लामा गत वर्षको तुलनामा यस वर्ष १० प्रतिशतले उत्पादन बढेको छ ।
जिल्लाभरि ३ हजार ४ सय मेट्रिक टन सुन्तला उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका कृषिप्रसार अधिकृत विप्लव अधिकारीले जानकारी दिए । सरदर ४० रूपैयाँ प्...बाँकी
१९ पुष, २०७३ |
जिल्ला कृषि विकास कार्यालयद्वारा सञ्चालित एकीकृत जलस्रोत व्यवस्थापन आयोजना प्रभावकारी बन्दै गएको छ ।
आयोजनाले आव २०६६÷६७ देखि कोटगाउँ र जेदबाङ गाविसमा बीउ उत्पादन कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यालयका कृषि प्रसार अधिकृत रवीन्द्र पौडेलका अनुसार सो परियोजनामार्फत दुवै गाविसको पाँच हेक्टर ज...बाँकी
१७ पुष, २०७३ |
न्यूजकोसेली संवाददाता
उपराष्ट्रपति नन्दबहादुर पुनले अग्र्यानिक चिया उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।
इलामको सूर्याेदय नगरपालिकाको सुन्दरपानीमा रहेको गोर्खा टिस्टेटको शनिबार अवलोकन गर्दै उनले अग्र्यानिक चियाको भविष्य विश्वबजारमा राम्रो भएकाले कृषि क्षेत्रको विकासका लागि अग्र्यानिक चिया उत्पादनलाई जोड दिन ...बाँकी
१६ पुष, २०७३ |
कञ्चनपुर बेलौरी नगरपालिका–४ का रामबहादुर चौधरीले व्यावसायिक रुपमा तरकारी खेती गर्न थालेको झण्डै एक दशक पुग्यो ।
शुक्लाफाँट राष्ट्रिय निकुञ्जबाट विस्थापित हुँदै कञ्चनपुरको बेलौरी नगरपालिका–४ का दश कठ्ठा सट्टाभर्ना जग्गा पाएका चौधरीको आर्थिक अवस्था ज्यादै नाजुक छन् । उनले बेलौरी नगरपालिका–४ खिरियामा ...बाँकी
१६ पुष, २०७३ |
रसायनिक मलको ढुवानीमा दिँदै आएको अनुदान कटौती भएपछि सोलुखुम्बुका कृषक मारमा परेका छन् ।
दुर्गम क्षेत्रमा कृषिको उत्पादन र उत्पादकत्व बढाउनका लागि सरकारले विगत लामो समयदेखि रसायनिक मलको ढुवानीमा अनुदान दिदैं आएको थियो । ढुवानी अनुदान कटौती भएपछि अहिले सबिक मूल्यमा मल नपाइने भएकोले दुर्गमका विपन...बाँकी
१५ पुष, २०७३ |
अमृता केसी
नेपालगन्ज उपमहानगरपालिका–२४ बन्जाडे गाउँका हिदराज अली बेहनाले तरकारी खेती गरी आफ्नो बुबाको सपना साकार पारे ।
आजभन्दा ५ वर्षअगाडि वैदेशिक रोजगारका लागि आफूलाई थाहै नदिई राहदानी बनाउन जिल्ला प्रशासन कार्यालय नेपालगन्ज पुगेका आफ्ना बुबाको ‘छोराले धेरै पैसा कमाओस्’ भन्ने चाहनालाई आफूले स्वदेशमै व्यावसा...बाँकी
१३ पुष, २०७३ |
थप पाँच सय हेक्टर जग्गामा माछापोखरी विस्तार हुने भएको छ ।
जिल्लामा मत्यक्षेत्र कार्यक्रम सञ्चालनमा ल्याइएपछि र माछापालनप्रति कृषकको आकर्षण बढ्दै गएपछि पोखरी विस्तार गर्न लागिएको हो । अहिले जिल्लामा छ सय हेक्टर जग्गामा पोखरी रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्लामा ६५ मुख्य क्षेत्र...बाँकी
११ पुष, २०७३ |
महिलाले च्याउखेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् ।
स्थानीय घोराही–२ मघै गाउँका कोपिला कृषि महिला समूहले च्याउखेतीबाट मासिक रु ६० हजारभन्दा बढी आम्दानी गर्दै आएको छ ।
पछिल्लो समयमा च्याउखेतीबाट बजारमा राम्रो स्थान पाइरहेका बेला सो गाउँका महिला पनि च्याउखेतीमा आकर्षित भएका हुन् ।
बजार नजिक...बाँकी
१० पुष, २०७३ |
विद्यालय सञ्चालनका लागि नियुक्त गरिएका निजी शिक्षकलाई तलब खुवाउन एक विद्यालयले माछा र कुखुरापालन व्यवसाय गरेको छ ।
जाजरकोटको सिमा गाविस– २ मा रहेको सरस्वती आधारभूत विद्यालय नेपालैकडामा सो व्यवसाय सुरु गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रप्रकाश अधिकारीले जानकारी दिएका छन् ।
विद्याल...बाँकी