newskoseli.Com

क्लिन्टन–ट्रम्पबीचको अन्तिम र चर्को बहस

अमेरिकामा ८ नोभेम्बरमा हुन गइरहेको राष्ट्रपतीय निर्वाचनका २ सशक्त उम्मेदवार हिलारी रोधाम क्लिन्टन र डोनाल्ड ट्रम्पबीच फेरि १ पटक चर्को बहस भएको छ । चुनावी प्रचारप्रसारका क्रममा सम्पन्न सो कार्यक्रम तेस्रो र अन्तिम बहस भएको जनाइएको छ । नेभादा राज्यको लसभेगासस्थित १ विश्वविद्यालयमा स्थानीय समयानुसा...बाँकी

दक्षिण कोरियामा १० लाख बढी विदेशी कामदार

दक्षिण कोरियामा विदेशी कामदारको सङ्ख्या १० लाखभन्दा बढी पुगेको सरकारी तथ्याङ्क विभागले बिहीबार सार्वजनिक गरेको छ । विभागका अनुसार मेसम्म दक्षिण कोरियामा बसोबास गरिरेहका १५ वर्ष माथिका १४ लाख २५ हजार विदेशी नागरिक छन् । दक्षिणी कोरियाली तथ्याङ्क विभागका अनुसार सो सङ्ख्या गत वर्षको तुलनामा ३.७ प्...बाँकी

राष्ट्रसङ्घका नयाँ महासचिवलाई ओबामाको बधाई

संयुक्त राष्ट्रसङ्घको नयाँ महासचिवमा एन्टोनियो गुटेर्रेस छनौट भएकामा उनलाई अमेरिकी राष्ट्रपति बाराक ओवामाले बधाई दिएका छन् । राष्ट्रपति ओवामाले गटेर्रेसको कार्यकालमा अमेरिकाले नजिकबाट सहकार्य र सहयोग आदानप्रदान गर्न चाहेको उल्लेख गरेका छन् । शान्ति स्थापना गर्ने उत्तरदायित्व, राष्ट्रसङ्घको पुनर्संर...बाँकी

इराकी सहर मोसुलमा भीषण सैन्य कारबाही

इराकी सुरक्षाबलले अतिवादी समूह इस्लामिक स्टेट (आइएस)को कब्जामा रहेको सहर मोसुल पुनःनियन्त्रणको लागि सोमबार बिहानैबाट भीषण कारबाही सुरु गरेको छ । इराकको दोस्रो ठूलो सहर मोसुल आइएसको पञ्जाबाट मुक्त गर्न सरकारी बलले लामो समयदेखि तयारी गरे तापनि लाखौं सर्वसाधारण त्यहाँ फसेका छन् । त्यसैकारण सावध...बाँकी

क्लिनटन–ट्रम्पको अन्तिम बहस…

अमेरिकाको राष्ट्रपतिका लागि उम्मेदबार रहेका डेमोक्र्याटिक तर्फकी उम्मेदवार हिलारी रोधाम क्लिन्टन र रिपब्लिक उम्मेदवार डोनाल्ड ट्रम्पका बीचमा बुधबार राति अन्तिम संयुक्त बहस हुने भएको छ । मतदान हुनुभन्दा २० दिन अगाडि उनीहरुको अन्तिम संयुक्त बहस हुन लागेको हो । यो रातलार्इ अमेरिकी राजनीतिका लागि ए...बाँकी

प्लान्ट विस्फोटमा १ को मृत्यु, ६ वेपत्ता

पश्चिमी जर्मनीको लुबिगसाफेनस्थित १  रसायन उत्पादक प्लान्ट विस्फोट हुँदा १ जनाको मृत्यु भएको र ६ जना हराइरहेका यहाँको वास्फ कम्पनीले जनाएको छ । घटनामा ६ जना घाइते भएका जनाइएको छ ।रसायन उत्पादन गर्ने प्लान्टमा रहेको पाइपमा आगो लाग्दा विस्फोट भएको र विष्पोटपछि विशाक्त ग्यास बस्तीमा फैलिएको र नागरि...बाँकी

अस्पतालमा आगलागीमा २३ को मृत्यु

पूर्वी भारतीय राज्य उडिसाको प्रान्तीय राजधानी भुवनेश्वरमा रहेको १ अस्पतालमा सोमबार राती आगलागी हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ । घटनामा परी अन्य केही घाइते भएका उच्च प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । प्रहरीका अनुसार स्थानीय समयानुसार साँझ करिब ८ बजे सो आगलागी भएको थियो । ‘इन्स्टिच्युड अफ...बाँकी

मेक्सिकोबाट अमेरिकातर्फ बढ्यो समुन्द्री आँधी

उत्तरी आन्ध्र महासागरमा शनिबारदेखि उठेको ‘म्याथ्यु’ नामक कडा सामुन्द्रिक आँधीले हैटीमा विध्वंश मच्चाएपछि सो आँधी बहामाज र संयुक्त राज्य अमेरिकातर्फ बढिरहेको छ । म्याथ्यु आँधीले हैटीमा सबैजसो भू–भाग तहसनहस पारेको र आँधीमा परी तीनभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको भएको बताइएको छ । हैटीमा बिगतक...बाँकी

डुङ्गा पल्टिँदा ७ बेपत्ता…

इन्डोनेसियाको एक नदीमा शनिबार डुङ्गा पल्टिँदा भएको दुर्घटनामा परी सात किशोर बेपत्ता भएका अधिकारीहरुले जानकारी दिएका छन् । वेपत्ता भएका ती व्यक्तिहरु मारिएका हुन सक्ने समेत आशङ्का गरिएको छ। ‘इस्लामिस्ट बोडिङ्ग स्कूल’ का २५ जना किशोर विद्यार्थीहरु सवार रहेका सो डुङ्गा बेङगवान सोलो नदीमा पल्टेको ब...बाँकी

‘बोकोहरामको नियन्त्रणमा गाउँलेको अवस्था नाजुक’

नाइजेरियामा बिगतका कयौं वर्षदेखि हिंसा मच्चाइरहेकाे बोकोहराम नामक सङ्गठनको नियन्त्रणमा रहेका व्यक्तिहरु, अझ विशेष गरी महिलाहरुको स्वास्थस्थिति अत्यन्तै नाजुक रहेको संयुक्त राष्ट्रसंघका प्रवक्ताले बताएका छन् । राष्ट्रसंघ प्रवक्ताका अनुसार बोकोहरामका सशस्त्र लडाकुले नाइजेरियाका विभिन्न गाउँलाई नि...बाँकी