newskoseli.Com

वडाअध्यक्ष १६ दिनदेखि बेपत्ता, खोजी गरिदिन परिवारको माग

१६ दिनदेखि बेपत्ता रहेका अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नं. २ का जननिर्वाचित वडाअध्यक्षको खोजी गरिदिन परिवारजनले आग्रह गरेका छन् । बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी १६ दिनदेखि बेपत्ता रहेका विनोद भनिने विष्णु भुसालको खोजी गरी सार्वजनिक गर्न परिवारजनले आग्रह गरेका हुन् । ‘सन्धिखर्कमा काम छ’...बाँकी

‘कामविहीन’ भए ‘अस्वीकृत’ न्यायाधीश जोशी : अबदेखि पेशी नै नतोकिने

निवर्तमान प्रधान न्यायाधीश ओमप्रकाश मिश्रभन्दा अघि प्रधान न्यायाधीशमा प्रस्तावित भई संसदीय सुनुवाई समितिबाट ‘अस्वीकृत’ भएका र त्यसपछि पनि सर्वोच्च अदालतमै वरिष्ठतम न्यायाधीशका रुपमा रहिरहेका दीपकराज जोशीले अब उप्रान्त सर्वोच्च अदालतमा ‘काम नपाउने’ भएका छन् । बुधबार बिहान सपथग्रहण गरी २९औं प्रधान ...बाँकी

आमाको किरिया गरिरहेका यी दुइटी छोरीहरू…

छोरी किरिया बस्नु हुँदैन भन्ने सामाजिक ‘मान्यता’ लाई तोड्दै दाङमा दुई छोरीले आमाको किरिया गरिरहेका छन् । तुलसीपुर उपमहानगरपालिका– ११, जसपुर निवासी ४० वर्षीया आमा तारा विकको निधनपछि उनकी दुई छोरी १८ वर्षीया आराधना र ११ वर्षीया सदीक्षा आमाको काजकिरियामा बसेका छन् । छोराले मात्रै किरिया गर्नुपर्छ...बाँकी

‘मापसे’ वाला ४२३ को ड्राइभिङ लाइसेन्स खारेज, १७८१९८ मा प्वाल !

मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाएको ५ पटकभन्दा बढी फेला परेपछि ४२३ चालकको सवारी अनुमतिपत्र (लाइसेन्स) महानगरीय ट्राफिक प्रहरी महाशाखाले खारेज गरिदिएको छ । पटक–पटक मापसे गरेर सवारी साधन चलाएपछि महाशाखाले लाइसेन्समा प्वाल पार्दै आएको थियो । २०६८ मङ्सिर १७ देखि मापसे जाँच अभियान थालिएको ...बाँकी

सङ्गीतकार जङ्गमलाई नारायणगोपाल; समुद्रमान र सुन्दरलाई अरनिको पुरस्कार

यस वर्षको ‘नारायणगोपाल युवा सङ्गीत पुरस्कर’ युवागायक तथा सङ्गीतकार अजर जङ्गमलाई प्रदान गरिने भएको छ । पुरस्कार छनोट समितिका अध्यक्ष एवं वरिष्ठ गीतकार विश्वबल्लभको अध्यक्षतामा बसेको बैठकले उक्त पुरस्कार जङ्गमलाई प्रदान गर्ने निर्णय गरेको राष्ट्रिय युवासेवा कोषका अध्यक्ष भीमबहादुर अधिकारीले बताए । ...बाँकी

परमाणुसम्बन्धी विधेयक संसदमा प्रस्तुत ! ‘कर्मचारी समायोजन अध्यादेश’ स्वीकृत

प्रतिनिधिसभाको मंगलबारको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘पारमाणविक विधेयक, २०७५’ प्रस्तुत गरेका छन् । विधेयक प्रस्तुत गर्दै मन्त्री पोखरेलले अन्तर्राष्ट्रिय रूपमा सरकारले गरेका प्रतिबद्धता कार्यान्वयन गरी विकसित प्रविधिका माध्यमबाट समृद्धिको लक्ष्य पूरा गर्न सहयोग प...बाँकी

चोलेन्द्रशमशेर प्रधान न्यायाधीशमा सर्वसम्मत अनुमोदित

प्रधान न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरिएका चोलेन्द्र शमशेर राणाको नाम सर्वसम्मतिबाट स्वीकृत भएको छ । संसदीय सुनुवाई समितिको मंगलबारको बैठकले राणालाई सर्वसम्मतिले स्वीकृत गरेको हो । राणाले न्यायलय सुधार गर्ने प्रतिबद्धता र कार्ययोजना पेस गरेको हुँदा प्रधान न्यायाधीशका लागि उनलाई स्वीकृत ...बाँकी

त्रिशूलीमा हाम्फालेका तामाङ अझै भेट्टिएनन्

चोरीको अभियोगमा पक्राउ परी प्रहरी नियन्त्रणबाट भागेर त्रिशूली नदीमा हामफालेका रसुवा उत्तरगया गाउँपालिका– २ का मैते तामाङको अवस्था अझै अज्ञात छ । गोताखोरको टोलीले नदीमा खोजी गरे पनि उनलाई अझै भेट्टाउन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए । पुस ४ गते त्रिशूली न...बाँकी

‘प्रलेसले सत्ताको तावेदारी गर्नुहुँदैन’ : प्रगतिशील लेखकहरुको सघन छलफल

प्रगतिशील लेखकहरूले नेपालमा प्रगतिशील लेखक सङ्घको औचित्य, आवश्यकता र महत्त्वमाथि सघन छलफल गर्दै प्रलेसले सत्ताको तावेदारी गर्नु नहुनेमा स्रष्टाहरुले जोड दिएका छन् । सङ्घको ११औं राष्ट्रिय सम्मेलन नजिकिँदै गइरहेको सन्दर्भमा प्रगतिशील लेखक सङ्घ ३ नं. प्रादेशिक समितिद्वारा आयोजित कार्यक्रममा प्रलेसको...बाँकी

९ दिनदेखि बेपत्ता ४ किशोर अझैसम्म बेपत्ता

९ दिनदेखि एकसाथ बेपत्ता भएका भरतपुर महानगरपालिका– ११ का ४ किशोर अझै फेला परेका छैनन् । १२ देखि १५ वर्ष उमेरका भरतपुर महानगरपालिका– ११, अमनचोकका सामुइल श्रेष्ठ, दिनेश परियार, सञ्जय मोक्तान र रिवाज कुमाल ९ दिनदेखि बेपत्ता छन् । दिनेश, सञ्जय र रिवाज नयाँकिरण माविमा कक्षा ६ अध्ययनरत हुन भने सामुइल...बाँकी