२० पुष, २०७५ |
धादिङ, २० पुस ।
गल्छीबाट मलेखुतर्फ जाँदै गरेका दुई मोटरसाइकलबाट प्रहरीले शुक्रबार अवैध चार किलोग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रसुवाको उत्तरगया गाउँपालिका–३ का २७ वर्षीय सञ्जीत वाइबा, नुवाकोटको तारकेश्वर गाउँपालिका–५ का २२ वर्षीय सुरेन्द्र तामाङ र सोही स्थानका २४ वर्षीय विकास तामाङ रहेका...बाँकी
२० पुष, २०७५ |
न्युजकोसेली संवाददाता
बहुचर्चित ‘वाइडबडी विमान भ्रष्टाचार प्रकरण’ का मुख्य दोषी भनिएका नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारमाथि शुक्रबार दिउँसो उनको कार्यकक्षभित्रै कालोमोसो दलिएको खबर छ ।
मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) आबद्ध युवा संगठन ‘क्रान्तिकारी युवा लिग, नेपाल’ का कार्यकर्...बाँकी
२० पुष, २०७५ |
न्युजकोसेली संवाददाता
आफूले काम गर्ने टेलिभिजन प्रस्तुतिबाट भन्दा अनेकथरी ‘स्क्याण्डल’ बाट बढी चर्चामा रहेका टेलिभिजन प्रस्तोता रवि लामिछाने फेरि अर्को ‘काण्ड’ का कारण चर्चामा आएका छन् ।
यस पटक उनी आफ्नै चारित्रिक समस्याका कारण विवादमा आएका हुन् । सूचना र जानकारीभन्दा समाज, सरकार र नेपाली नागरिकलाई सामाजिक आचरण एवं व्...बाँकी
२० पुष, २०७५ |
न्युजकोसेली संवाददाता
प्रहरीसँगको ‘मुडभेड’ मा केही अघि मारिए ‘गुन्डा नाइके’ मनोज पुन । देवदहका दुर्गा तिवारी र वसन्त पौडेलको हत्या गरेका भनिएका उनले आफू नमारिएको भए अझै केहीलाई सिध्याउने योजना बनाएको रहस्य खुलेको छ ।
पुस १४ मा रातारात बाँडिएको एउटा हस्तलिखित ‘पर्चा’ अनुसार देवदहका मेयर हिरा केसी र पत्रकार एवं नेकपाका ...बाँकी
१९ पुष, २०७५ |
काठमाडौं, १९ पुस ।
सशस्त्र प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक ऋषभदेव भट्टराईले भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतले ९ महिना कैद र ७९ लाख ८७ हजार २ सय २५ बिगो जरिवाना हुने फैसला गरेको छ ।
न्यायाधीश चण्डीराज ढकाल, प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले भट्टरार्इलाई दोषी ठहर गर्दै बिहीबार सो फै...बाँकी
१९ पुष, २०७५ |
विजयकुमार महतो/रासस
वीरगञ्जस्थित गौतम माविमा छात्रालाई बिहीबार आत्मरक्षाका कला–कौशल सिकाउँदै नेपाल मार्शल आत्मरक्षा संगठनकी महिला प्रशिक्षक ।
...बाँकी
१९ पुष, २०७५ |
दिपक बोहरा/रासस
तुलसीपुर उपमहानगरपालिका– १६, रावतगाउँका अमृत धितालले आधुनिक ‘हाईड्रोपोनिक’ प्रविधिबाट तरकारी उत्पादन गर्नका लागि तयार पारेका बकेटहरु । यस प्रविधिको खेतीमा तरकारी उत्पादनका लागि चाहिने पानी, खाना इत्यादि विद्युतबाटै पुर्याउन सकिन्छ ।
...बाँकी
१८ पुष, २०७५ |
रुपन्देही, १८ पुस ।
१६ दिनदेखि बेपत्ता रहेका अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नं. २ का जननिर्वाचित वडाअध्यक्षको खोजी गरिदिन परिवारजनले आग्रह गरेका छन् ।
बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी १६ दिनदेखि बेपत्ता रहेका विनोद भनिने विष्णु भुसालको खोजी गरी सार्वजनिक गर्न परिवारजनले आग्रह गरेका हुन् । ‘सन्धिखर्कमा काम छ’...बाँकी
१८ पुष, २०७५ |
न्युजकोसेली संवाददाता
निवर्तमान प्रधान न्यायाधीश ओमप्रकाश मिश्रभन्दा अघि प्रधान न्यायाधीशमा प्रस्तावित भई संसदीय सुनुवाई समितिबाट ‘अस्वीकृत’ भएका र त्यसपछि पनि सर्वोच्च अदालतमै वरिष्ठतम न्यायाधीशका रुपमा रहिरहेका दीपकराज जोशीले अब उप्रान्त सर्वोच्च अदालतमा ‘काम नपाउने’ भएका छन् ।
बुधबार बिहान सपथग्रहण गरी २९औं प्रधान ...बाँकी
१८ पुष, २०७५ |
लमही, १८ पुस ।
छोरी किरिया बस्नु हुँदैन भन्ने सामाजिक ‘मान्यता’ लाई तोड्दै दाङमा दुई छोरीले आमाको किरिया गरिरहेका छन् ।
तुलसीपुर उपमहानगरपालिका– ११, जसपुर निवासी ४० वर्षीया आमा तारा विकको निधनपछि उनकी दुई छोरी १८ वर्षीया आराधना र ११ वर्षीया सदीक्षा आमाको काजकिरियामा बसेका छन् ।
छोराले मात्रै किरिया गर्नुपर्छ...बाँकी