newskoseli.Com

साउदी अरबसँग श्रम सम्झौतामा मन्त्री विष्टको जोड

नेपालबाट ठूलो सङ्ख्यामा श्रमिक लिँदै आएको साउदी अरबसँग द्विपक्षीय श्रम सम्झौता हुनुपर्नेमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले जोड दिएका छन् । नेपालका लागि साउदी अरेबियाका राजदूत मुसेद एसएआर्इ मारवेनीले बिहीबार गरेको शिष्टाचार भेटमा मन्त्री विष्टले साउदी अरबमा ठूलो सङ्ख्यामा रह...बाँकी

गृहमन्त्री–उत्तर कोरियाली राजदूत भेटवार्ता : के–के भए कुराकानी ?

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सँग नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ मेनले बिहीबार शिष्टाचार भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा भएको भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रित रहेको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जनाएका छन् । भेटवार्ताका क्रममा ...बाँकी

विप्लव–प्रकाण्ड ‘द्वन्द्व’ को खण्डन : ‘भ्रामक र कपोलकल्पित समाचार नलेख्न’ नेकपाको ‘चेतावनी’ !

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सञ्चार माध्यमहरुमा आएको ‘विप्लव–प्रकाण्ड द्वन्द्व’ को खण्डन गर्दै ‘भ्रामक र कपोलकल्पित समाचार नलेख्न’ सञ्चार माध्यम र सञ्चारकर्मीहरुलाई ‘चेतावनी’ दिएको छ । पछिल्लो समय नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्...बाँकी

चोभारमा विरोध प्रदर्शन : २३ आन्दोलनकारी पक्राउ, प्रधानमन्त्रीकै कार्यक्रम अन्योलमा !

राजधानीको कीर्तिपुर नगरपालिका– ६ स्थित चोभारमा निर्माण गर्न लागिएको सुख्खा बन्दरगाहको विरोधमा स्थानीयवासी प्रदर्शनमा उत्रेका छन् । ‘चोभार संरक्षण समिति’ को अगुवाइमा भएको विरोध प्रदर्शनका क्रममा प्रहरीले २३ जनालाई नियन्त्रणमा लिएको छ । इन्द्र महर्जन, ज्ञानेन्द्र महर्जन, अमकण कर्माचार्य, दीपक महर्ज...बाँकी

अगरबत्तीको प्याकेटभित्र चरेसको व्यापार : २ नम्बरी धन्दाका अनेक काइदा !

अगरबत्तीको प्याकेटभित्र हालेर चरेसको व्यापार हुने गरेको तथ्य बुधबार सार्वजनिक भएको छ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले ‘लामा अगरबत्ती’ को प्याकेटभित्र लुकाएर हङकङ पठाउन लागिएको अवस्थामा १५ किलो ५ सय ग्राम चरेससहित एक महिलालाई पक्राउ गरेपछि उक्त तथ्य बाहिर आएको हो । पक्राउ पर्नेमा नुव...बाँकी

४ करोड धरौटी राखेर छुटे पूर्वमन्त्री पाण्डे

पूर्ववनमन्त्री तथा कालिका कन्स्ट्रक्सन नामक ठेकेदार कम्पनीका मालिक विक्रम पाण्डेलाई भ्रष्टाचार मुद्दामा विशेष अदालतले ४ करोड धरौटी बुझाएर रिहा गर्ने आदेश जारी गरेको छ । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीश चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको संयुक्त इजलाशले पाण्डेलाई सो रकम धरौटी बुझ...बाँकी

कृषिमन्त्रीले भने : ‘अनुसन्धान गर्ने नार्ककै अनुसन्धान गर्नुपर्छ’

कृषिमन्त्री चक्रपाणि खनालले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) कै अनुसन्धान गर्नुपर्ने बताएका छन् । राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुर चितवनको अवलोकनपछि आयोजित छलफल कार्यक्रममा मन्त्री खनालले नेपालका वैज्ञानिक पलायन हुने अवस्थाको अन्त्य गर्न अनुसन्धान केन्द्रमै अनुसन्धान गर्नु आवश्यक र...बाँकी

१ लाख घुससहित सहायक कम्पनी रजिष्ट्रार कर्‍याप्प

त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रारको कार्यालयकी सहायक रजिष्ट्रार गीताकुमारी पन्थी एक लाख घुस रकमसहित पक्राउ परेकी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका– १४ स्थित एनएमबी बैंकको पार्किङबाट पन्थीलाई मंगलबार नियन्त्रणमा लिइएको जानकारी अख्तियारका प्रवक्ता सहसचि...बाँकी

मोटरसाइकललाई बोलेरोको ठक्कर, दुईको मृत्यु

पृथ्वी राजमार्ग अन्तर्गत इच्छाकामना गाउँपालिका– ४, लेवाटारमा सोमबार साँझ बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक सिन्धुपाल्चोकको पाँचपोखरी थामङपालकोट– १ घर भएका २३ वर्षीय विवेक खनाल र पछाडि बस्ने पाँचपोखरी थामङ...बाँकी

प्राज्ञ नियुक्तिविरूद्ध सर्वोच्चमा मुद्धा, विधि र प्रक्रियाविपरीत नियुक्तिको दावी

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा विधि र प्रक्रियाविपरीत प्राज्ञ नियुक्ति गरिएको उल्लेख गर्दै रिट सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रायललाई विपक्षी बनाइ पूर्वप्राज्ञ नगेन सिंह र राजविक्रम चन्दले संयुक्त...बाँकी