newskoseli.Com

केन्द्रीय कारागारमै १३ कैदी–बन्दीको मृत्यु !

नेपालकै सबैभन्दा ठूलो कारागारका रुपमा रहेको केन्द्रीय कारागारमा १३ कैदी–बन्दीको मृत्यु भएको छ । कारागारभित्रको चिसो र विभिन्न रोगका कारण चालू आर्थिक वर्षमा १३ कैदी–बन्दीको मृत्यु भएको जानकारी कारागार अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा. भगतलाल श्रेष्ठले दिएका छन् । ‘रुघा, खोकी, दम, ज्वरो, टाइफ...बाँकी

महालक्ष्मीले दियो मेलमिलाप प्रशिक्षण

‘आफ्नो विवाद आफ्नै समाधान’ भन्ने नाराका साथ महालक्ष्मी नगरपालिकाले प्रत्येक वडाबाट छानिएका दुई जनालाई मेलमिलापसम्बन्धी आधारभूत प्रशिक्षण दिइरहेको छ । नगरपालिकामा आउने स–साना विवाद वडाबाटै समाधान गराउने उद्देश्यले नेपाल मेलमिलापकर्ता समाजको सहयोगमा माघ २ देखि नौ गतेसम्म प्रशिक्षण चलाइरहेको हो । ...बाँकी

५ संवैधानिक आयोगका अध्यक्षमा को–को भए सिफारिस ?

संवैधानिक परिषदले विभिन्न पाँच संवैधानिक आयोगका अध्यक्ष पदका लागि नाम सिफारिस गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार सिंहदरबारमा बसेको बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा पर्वतका बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा प्युठानका शान्तराज सुव...बाँकी

प्रचण्डपत्नी सीता अस्पताल भर्ना : यस्तो छ अस्पतालको भनाइ

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाल उपचारका लागि धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना भएकी छन् । आइतबार बिहान अस्पताल भर्ना भएकी सीताको उपचारमा डा. युवराज शर्मा नेतृत्वको टोली खटिएको अस्पतालले जनाएको छ । उनलाई रुघाखोकी र ज्वरोको समस्या ...बाँकी

२ थान भरुवा बन्दुकसहित युवक पक्राउ, आगलागीबाट १४ लाख क्षति

भरुवा बन्दुकसहित दाङमा एक युवक पक्राउ परेका छन् । शनिबार साँझ ६ बजे पक्राउ परेका शान्तिनगर गाउँपालिका– ४, जुम्लेकुला निवासी २९ वर्षीय हरिबहादुर रासकोटीलाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो । आफ्नै घरमा लुकार्इछिपार्इ राखिएका दुई थान भरुवा बन्दुक र बँदेलको जस्तो देखिने दुई थान खुट्टाको सपेटासहित ...बाँकी

बिजुलीको पोल अड्याउने तारमै ११ हजार भोल्ट : करेन्ट लागेर २ को मृत्यु, १ गम्भीर घाइते

करेन्ट लागेर शनिबार धनुषामा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मिथिला बिहारी नगरपालिकाका ३४ वर्षीय परमेश्वर मण्डल र सिरहा घर भई हाल जनकपुरको कदम चोक बस्दै आएका ३१ वर्षीय जगन्नाथ साहको मृत्यु भएको हो । जनकपुर उपमहानगरपालिका– १२, कुवारामपुर...बाँकी

डा. गोविन्द केसीको बर्खास्ती माग्दै थापाको अनशन, उनको पक्षमा प्रदर्शन

बारम्बार अनशन बसेको भन्दै डा. गोविन्द केसीलाई बर्खास्त गर्न माग गर्दै विजय थापा अनशन बसिरहेका छन् । ‘स्वतन्त्र सचेत युवा विद्यार्थी’ ले शनिबार अनशनरत थापाको पक्षमा प्रदर्शन गरे । उनीहरुले दिउँसो शिक्षण अस्पताल महाराजगञ्ज अगाडि थापाको पक्षमा प्रदर्शन गरेका हुन् । सरकारी तलब–भत्ता, सेवा–सुविधा ल...बाँकी

घाँटी थिचेर, मुक्का र ढुङ्गा प्रहार गरेर पत्रकारको हत्या, हत्यारा पक्राउ

पत्रकार मनोहर ढकालका हत्यारालाई पक्राउ गरी प्रहरीले शनिबार सार्वजनिक गरेको छ । हेटौंडा– ११, नवलपुरका १९ वर्षीय अनमोल पुडासैनी र मनहरी– १ का प्रवीण वाइबा पक्राउ परेका हुन् । अभियुक्तद्वयले पत्रकार ढकालको घाँटी थिचेर तथा मुक्का र ढुङ्गा प्रहार गरेर आफैंले हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ । ...बाँकी

प्रदेश– ३ बाट सुरु हुँदै ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’

प्रदेश– ३ बाट प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गर्ने तयारी भइरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । सरकारले चालू आ.व. मा उक्त कार्यक्रमका लागि ३ अर्ब १० करोड रुपैयाँ विनियोजन गरेको छ । चालू आ.व. को नीति तथा कार्यक्रम समावेश भएको उक्त कार्यक्रम यसै आ.व. देखि सुरु गरिने मन्...बाँकी

साथीको बन्दुक पड्किँदा साथीकै मृत्यु

सँगै शिकार खेल्न गएका साथीले बोकेको बन्दुक पड्किँदा एक युवकको ज्यान गएको छ । शिकार खेल्ने क्रममा साथीले बोकेको बन्दुक पड्किएर फक्ताङलुङ गाउँपालिका– ४, इखाबुका ३७ वर्षीय देवीबहादुर लिम्बूको मृत्यु भएको जानकारी प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाले दिएका छन् । बन्दुकको छर्रा लागेर लिम्बूको घटनास्थल...बाँकी