newskoseli.Com

घाँटी थिचेर, मुक्का र ढुङ्गा प्रहार गरेर पत्रकारको हत्या, हत्यारा पक्राउ

पत्रकार मनोहर ढकालका हत्यारालाई पक्राउ गरी प्रहरीले शनिबार सार्वजनिक गरेको छ । हेटौंडा– ११, नवलपुरका १९ वर्षीय अनमोल पुडासैनी र मनहरी– १ का प्रवीण वाइबा पक्राउ परेका हुन् । अभियुक्तद्वयले पत्रकार ढकालको घाँटी थिचेर तथा मुक्का र ढुङ्गा प्रहार गरेर आफैंले हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ । ...बाँकी

प्रदेश– ३ बाट सुरु हुँदै ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’

प्रदेश– ३ बाट प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गर्ने तयारी भइरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । सरकारले चालू आ.व. मा उक्त कार्यक्रमका लागि ३ अर्ब १० करोड रुपैयाँ विनियोजन गरेको छ । चालू आ.व. को नीति तथा कार्यक्रम समावेश भएको उक्त कार्यक्रम यसै आ.व. देखि सुरु गरिने मन्...बाँकी

साथीको बन्दुक पड्किँदा साथीकै मृत्यु

सँगै शिकार खेल्न गएका साथीले बोकेको बन्दुक पड्किँदा एक युवकको ज्यान गएको छ । शिकार खेल्ने क्रममा साथीले बोकेको बन्दुक पड्किएर फक्ताङलुङ गाउँपालिका– ४, इखाबुका ३७ वर्षीय देवीबहादुर लिम्बूको मृत्यु भएको जानकारी प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाले दिएका छन् । बन्दुकको छर्रा लागेर लिम्बूको घटनास्थल...बाँकी

साउदी अरबसँग श्रम सम्झौतामा मन्त्री विष्टको जोड

नेपालबाट ठूलो सङ्ख्यामा श्रमिक लिँदै आएको साउदी अरबसँग द्विपक्षीय श्रम सम्झौता हुनुपर्नेमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले जोड दिएका छन् । नेपालका लागि साउदी अरेबियाका राजदूत मुसेद एसएआर्इ मारवेनीले बिहीबार गरेको शिष्टाचार भेटमा मन्त्री विष्टले साउदी अरबमा ठूलो सङ्ख्यामा रह...बाँकी

गृहमन्त्री–उत्तर कोरियाली राजदूत भेटवार्ता : के–के भए कुराकानी ?

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सँग नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ मेनले बिहीबार शिष्टाचार भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा भएको भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रित रहेको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जनाएका छन् । भेटवार्ताका क्रममा ...बाँकी

विप्लव–प्रकाण्ड ‘द्वन्द्व’ को खण्डन : ‘भ्रामक र कपोलकल्पित समाचार नलेख्न’ नेकपाको ‘चेतावनी’ !

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सञ्चार माध्यमहरुमा आएको ‘विप्लव–प्रकाण्ड द्वन्द्व’ को खण्डन गर्दै ‘भ्रामक र कपोलकल्पित समाचार नलेख्न’ सञ्चार माध्यम र सञ्चारकर्मीहरुलाई ‘चेतावनी’ दिएको छ । पछिल्लो समय नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्...बाँकी

चोभारमा विरोध प्रदर्शन : २३ आन्दोलनकारी पक्राउ, प्रधानमन्त्रीकै कार्यक्रम अन्योलमा !

राजधानीको कीर्तिपुर नगरपालिका– ६ स्थित चोभारमा निर्माण गर्न लागिएको सुख्खा बन्दरगाहको विरोधमा स्थानीयवासी प्रदर्शनमा उत्रेका छन् । ‘चोभार संरक्षण समिति’ को अगुवाइमा भएको विरोध प्रदर्शनका क्रममा प्रहरीले २३ जनालाई नियन्त्रणमा लिएको छ । इन्द्र महर्जन, ज्ञानेन्द्र महर्जन, अमकण कर्माचार्य, दीपक महर्ज...बाँकी

अगरबत्तीको प्याकेटभित्र चरेसको व्यापार : २ नम्बरी धन्दाका अनेक काइदा !

अगरबत्तीको प्याकेटभित्र हालेर चरेसको व्यापार हुने गरेको तथ्य बुधबार सार्वजनिक भएको छ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले ‘लामा अगरबत्ती’ को प्याकेटभित्र लुकाएर हङकङ पठाउन लागिएको अवस्थामा १५ किलो ५ सय ग्राम चरेससहित एक महिलालाई पक्राउ गरेपछि उक्त तथ्य बाहिर आएको हो । पक्राउ पर्नेमा नुव...बाँकी

४ करोड धरौटी राखेर छुटे पूर्वमन्त्री पाण्डे

पूर्ववनमन्त्री तथा कालिका कन्स्ट्रक्सन नामक ठेकेदार कम्पनीका मालिक विक्रम पाण्डेलाई भ्रष्टाचार मुद्दामा विशेष अदालतले ४ करोड धरौटी बुझाएर रिहा गर्ने आदेश जारी गरेको छ । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीश चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको संयुक्त इजलाशले पाण्डेलाई सो रकम धरौटी बुझ...बाँकी

कृषिमन्त्रीले भने : ‘अनुसन्धान गर्ने नार्ककै अनुसन्धान गर्नुपर्छ’

कृषिमन्त्री चक्रपाणि खनालले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) कै अनुसन्धान गर्नुपर्ने बताएका छन् । राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुर चितवनको अवलोकनपछि आयोजित छलफल कार्यक्रममा मन्त्री खनालले नेपालका वैज्ञानिक पलायन हुने अवस्थाको अन्त्य गर्न अनुसन्धान केन्द्रमै अनुसन्धान गर्नु आवश्यक र...बाँकी