२४ पुष, २०७५ |
न्युजकोसेली संवाददाता
केही समय सामान्यजस्तो देखिएको सरकार तथा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीबीच फेरि दुरी बढेको देखिन थालेको छ । विप्लव नेतृत्वको नेकपासम्बद्ध नेता–कार्यकर्तालाई धमाधम गिरफ्तार गर्ने क्रम फेरि बढेको छ ।
केही दिन अघि मात्र झन्डै आधा दर्जन मजदुर कार्यकर्ता गिरफ्तार गरेको सरकारले हालै मात्र सो...बाँकी
२४ पुष, २०७५ |
काठमाडौं, २४ पुस ।
वर्षकै सबैभन्दा ठन्डीका बेला राजधानी काठमाडौंका विभिन्न क्षेत्रको सडकको चिसोमा छटपटाइरहेका ५० जनालाई सोमबार राति उद्धार गरी न्यानो कोठामा पुर्याइएको छ ।
नेपाल प्रहरी, काठमाडौं महानगरपालिका, पशुपति क्षेत्र विकास कोष, मानवसेवा आश्रमलगायतका सरकारी निकाय र सङ्घ–संस्थाको समन्वयमा राति ७ देखि १० बजेसम...बाँकी
२४ पुष, २०७५ |
न्युजकोसेली संवाददाता
प्रदेशसभामा चुनाव जितेका तर अनेकौं मुद्धा र लफडाका कारण सपथग्रहण गर्न नपाएका ‘डन’ दिपक मनाङे (राजिव गुरुङ) लाई पनि प्रदेशसभाको सांसद पदमा सपथग्रहण गराइने सम्भावना प्रबल देखिएको छ ।
केही दिन अघि मात्रै मनाङेलाई सपथ नगराइने बताएका गण्डकी प्रदेशसभाका सभामुख नेत्रप्रसाद अधिकारीले आफ्नो कुरा फेर्दै मन...बाँकी
२३ पुष, २०७५ |
भक्तपुर, २३ पुस ।
सूर्यविनायक नपा– ७, भक्तपुरस्थित सानिमा बैंकको एटीएम मेसिन फोरेर चोरी गरेको आरोपमा प्रहरीले सोमबार दुई जनालाई पक्राउ गरेको छ ।
तेमाल गाउँपालिका– २, सर्स्युंखर्क, पक्राउ पर्नेमा काभ्रे घर भई हाल बनेपा बस्ने ३९ वर्षीय रमेश पाण्डे र सूर्यविनायक नगरपालिका– ६ का २६ वर्षीय दिनेश सुकुभुटू पक्राउ परेको म...बाँकी
२३ पुष, २०७५ |
भोजपुर, २३ पुस ।
आफ्नै श्रीमतीलाई ‘जबर्जस्ती करणी’ गर्ने एक पुरुषलाई जिल्ला अदालत भोजपुरले ६ महिना कैद सजाएको फैसला गरेको छ ।
अदालतले भोजपुर नगरपालिका– ९, पानीट्याङ्की बस्दै आएका हेटौंडा उपमहानगरपालिका– ३, मकवानपुरका ३० वर्षीय अजय भन्ने अनिल तामाङलाई ६ महिना कैद ५० हजार क्षतिपूर्तिको फैसला गरेको हो ।
न्यायाधीश...बाँकी
२३ पुष, २०७५ |
काठमाडौं, २३ पुस ।
सर्वोच्च अदालतमा अझै पनि २ हजार २ सय ७ थान पाँच वर्ष नाघेका मुद्दा किनारा लाग्न बाँकी छन् ।
सर्वोच्च अदालतमा प्रधान न्यायाधीशसहित २१ न्यायाधीश हुने व्यवस्था नेपालको संविधानले गरेको भए तापनि पर्याप्त न्यायाधीशको अभावकै कारण अझै पनि पाँच वर्ष नाघेका मुद्दा किनारा लाग्न नसकेको दावी गरिँदै आएको छ । स...बाँकी
२३ पुष, २०७५ |
न्युजकोसेली संवाददाता
राजधानीका माइक्रो बस चालकहरूको दादागिरी कायमै छ । यसै क्रममा सोमबार काठमाडौंको सामाखुसीमा सडक पार गर्दै गरेका बटुवालाई एक माइक्रो बसले ठक्कर दिँदा उनको मृत्यु भएको छ ।
कलंकीबाट बौद्ध हुँदै थलीतर्फ गैरहेको बा १ ज ९७६६ नम्बरको माइक्रो बस अनियन्त्रित तरवरले चलाउँदा सडक क्रस गरिरहेका ५ जनालाई ठक्कर द...बाँकी
२२ पुष, २०७५ |
काठमाडौं, २२ पुस ।
नेपाल पत्रकार महासङ्घको काठमाडौं शाखाका सदस्य मकरध्वज (एमडी) कुलुङको निधन भएको छ ।
पत्रकार कुलुङको निधनमा शाखाले स्तब्ध भएको जनाउँदै दुःख व्यक्त गरेको छ । महासङ्घले आइतबार विज्ञप्ति जारी गरी उनको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक ऊर्जाशील युवापत्रकार गुमाएको जनाएको हो ।
अठचालीस वर्षीय कुलु...बाँकी
२२ पुष, २०७५ |
न्युजकोसेली संवाददाता
जुवातास खेलिरहेको अवस्थामा प्रहरीले २१ जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त बौद्धबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले शनिबार साँझ ६ बजे काठमाडौं महानगरपालिका– ६, फूलबारीस्थित लोप्साङ शेर्पाको साढे २ तले घरको भुइँतलाबाट जुवातास खेलिरहेको अवस्थामा घरधनी श...बाँकी
२२ पुष, २०७५ |
काठमाडौं, २२ पुस ।
समुदाय–प्रहरी साझेदारी अवधारणाको कार्यान्वयन गर्ने उद्देश्यले महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक वसन्तकुमार लामाको संयोजकत्वमा ३५ सदस्यीय ‘लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समिति’ गठन गरिएको छ ।
समुदाय–प्रहरी साझेदारी अवधारणाको कार्यान्वयन गरी लैङ्गिक हिंसा नियन्त्रण गर्न...बाँकी