१५ पुष, २०७५ |
बनियानी, १५ पुस ।
झापाका छुट्टाछुट्टै स्थानबाट प्रहरीले २ सय २३ ग्राम खैरो हेरोइन सहित चार जनालाई पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका– ५ बाट पाँचथर घर भई दमक– ६ मा डेरा गरी बस्ने ३६ वर्षीय सङ्ग्राम लिम्बूलाई शनिबार दिउँसो ३१ ग्राम खैरो हेरोइन सहित पक्रा...बाँकी
१५ पुष, २०७५ |
गौशाला (महोत्तरी), १५ पुस ।
भङ्गाहा नगरपालिका– २ स्थित सिंग्याही बजारमा आमाछोरा चढेको मोटरसाइकल शनिबार साँझ दुर्घटना हुँदा आमाको मृत्यु हुनुका साथै छोरा गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा परी भङ्गाहा नगरपालिका– २, बखरी बस्ने ४० वर्षीया लक्ष्मीनियादेवी सिंहको मृत्यु भएको हो जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्...बाँकी
१४ पुष, २०७५ |
काठमाडौं, १४ पुस ।
राजधानीको गोकर्णेश्वर नगरपालिका– ४ स्थित भगवती उलन कारखानामा आगलागी हुँदा करिव २ करोड रूपैयाँभन्दा बढीको क्षति भएको छ ।
कारखानाको ऊन पेल्ने यन्त्रमा शुक्रबार विद्युत् प्रवाह भई आगलागी हुँदा जेनेरेटर, मेसिन, ऊन बनाउने कच्चा पदार्थ समेत जलेर नष्ट भएको प्रहरी प्रधान कार्यालयले शनिबार जनाएको छ ।
त...बाँकी
१४ पुष, २०७५ |
भक्तपुर, १४ पुस ।
सशस्त्र प्रहरी बलको विशेष टोलीले शनिबार भक्तपुरको सल्लाघारीबाट इटालियन पेस्तोलसहित चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कालिकोट तिलागुफा नगरपालिका– ३ का २१ वर्षीय बलजित शाही, सोही ठाउँका २५ वर्षीय मोतिलाल शाही, सोही जिल्लाको महादेव गाउँपालिका– ६ का १८ वर्षीय जागेश शाही र मुगुका २२ वर्षीय भी...बाँकी
१४ पुष, २०७५ |
भोजपुर, १४ पुस ।
भोजपुर नगरपालिका– ६, देउरालीमा शनिबार बस दुर्घटना हुँदा एक जनाको मृत्यु हुनुका साथै ८ जना घाइते भएका छन् ।
भोजपुर बसपार्कबाट धरानका लागि बिहान ११ बजे छुटेको को १ ख ३०५९ नम्बरको बस ब्रेक फेल भई अनियन्त्रित भएर सडकमा पल्टिँदा अरुण गाउँपालिका– ३, प्याउली बस्ने ५० वर्षीया हेमकुमारी कार्कीको घटनास्थलम...बाँकी
१० पुष, २०७५ |
गोरखा, १० पुस ।
उत्तरी गोरखाको सामागाउँ क्षेत्रको जङ्गलमा लागेको आगो दुई दिन बितिसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन् ।
अत्यधिक हावाका कारण आगो नियन्त्रणमा लिन नसकिएको जानकारी मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) का प्रमुख नरेन्द्र लामाले दिएका छन् ।‘आगो नियन्त्रणको प्रयास भइरहेको छ, आगो अन्य क्षेत्रमा सर्न ...बाँकी
१० पुष, २०७५ |
काठमाडौं, १० पुस ।
राजधानी काठमाडौंको न्यूनतम तापक्रम २ डिग्रीमा झरेको छ । न्यूनतम तापक्रम घटेसँगै उपत्यकासहित देशभर बढी चिसो महसुस गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार मंगलबार काठमाडौंको न्यूनतम तापक्रम २.६ र अधिकतम तापक्रम १७.७ डिग्री सेल्सियस रहेको छ । सोमबार काठमाडौंको न्यूनतम तापक्रम ३.५ ...बाँकी
१० पुष, २०७५ |
हेटौंडा, १० पुस ।
पेट्रोलियम पदार्थको बिक्रीवितरण एवं परिमाणमा अनियमितता गर्ने तीन पेट्रोल पम्प कारबाहीमा परेका छन् ।
वीरगञ्जस्थित गुणस्तर तथा नापतौल अञ्चल कार्यालयले गरेको छड्के जाँचका क्रममा उपकरण बिगारेर २० मिलीलिटरदेखि ४ सय मिलीलिटरसम्म पट्रोलियम पदार्थ कम गरी बेच्ने गरेको पाइएकाले ती पम्पका सञ्चालकलाई जनही ती...बाँकी
९ पुष, २०७५ |
काठमाडौं, ९ पुस ।
विभिन्न माग राखेर केही दिनदेखि अनसन बस्दै आएका जनयुद्धका घाइते तथा अपाङ्ग र गृह मन्त्रालयबीच सोमबार सहमति भएको छ ।
मन्त्रालय र अनसनकारीबीचको छलफलमा चारबुँदे सहमति भएपछि मङ्सिर २७ देखि चलेको अनसन तोडिएको हो । छलफलका क्रममा अनसन टुङ्ग्याउने, थुनामा रहेका युवराज विकलाई तत्काल रिहा गर्ने, गम्भीर घाइत...बाँकी
९ पुष, २०७५ |
धनुषा, ९ पुस ।
श्रम तथा रोजगार मन्त्रालयले पुस १५ देखि प्रदेश मातहतमै श्रम स्वीकृतिको सुविधा दिने तयारी थालेको छ ।
मन्त्रालयले एक पटक विदेशबाट आएकाको हकमा सात वटै प्रदेश मातहतको श्रम कार्यालयबाटै पुनः श्रम स्वीकृति दिने निर्णय गरेको थियो । मन्त्रालयको निर्णय बमोजिम पुस १५ देखि सेवा सुरु हुनुपर्नेमा प्रदेश– २ को...बाँकी