newskoseli.Com

बस खस्यो सुनकोशीमा : १ को मृत्यु, ७ को उद्धार, ४ को अवस्था गम्भीर

बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका– ५, रिठ्ठे भीरबाट शुक्रबार बिहान यात्रुबस सुनकोशीमा खसेको छ । बस सडकबाट सुनकोशी नदीमा खस्दा १ जनाको मृत्यु भएको छ भने ७ जनाको उद्धार गरिएको छ । उद्धार गरिएका ७ मध्ये ४ जनाको स्थिति गम्भीर रहेको बताइएको छ । सिन्धुलीको मरिण गाउँपालिकाबाट काठमा...बाँकी

हाम्रा कर्मचारी : भैंसी बेचेर दसैं मनाउने तयारी !

जिल्ला प्राविधिक कार्यालय रामेछापका खापासटे (खानेपानी सहायक टेक्निसियन) कृष्णप्रसाद पौडेल र उनका साथी श्याम पौडेल यस वर्षको दसैं घरको भैंसी बेचेर मनाउने तरखरमा छन् । लामो समयदेखि कार्यालयले तलब खुवाउन नसकेपछि दूध खानका लागि गोठमा पालेको भैंसी बिक्री गर्ने निष्कर्शमा पुगेका हुन् उनीहरु । कार्यालय ...बाँकी

भक्तपुरमा भेंडा–च्याङ्ग्रा अहिलेसम्मकै महँगो ! तयारी मासु प्रतिकिलो १६ सय…

भक्तपुर, २५ असोज ।दसैंका लागि मुस्ताङबाट ल्याइएका भेंडा–च्याङ्ग्रा यस वर्ष विगतका वर्षभन्दा महँगिँदै भक्तपुर आइपुगेका छन् । सल्लाघारी ल्याइएका भेंडा–च्याङ्ग्रा सर्वाधिक अहिलेसम्मकै महँगो मूल्य निर्धारण गर्दै बिक्री सुरु भएको छ । सल्लाघारीमा व्यवसायीले यस वर्ष च्याङ्ग्रा प्रतिकिलो ७ सय ५० र भेंडा ...बाँकी

महानगरपालिकाका शाखा अनेकतिर बग्रेल्ती : सेवाग्राहीलाई सास्ती !

घर निर्माण सम्पन्न भएको प्रमाणपत्र लिन कलङ्कीबाट आएका हरि उप्रेती सोझै भूकम्पअघि काठमाडौं महानगरपालिकाको काम हुने स्थान राष्ट्रिय सभागृहमा गए । उनलाई त्यहाँबाट ‘सुनधाराको हरिभवनमा जानोस्’ भनियो । उनी हरिभवन जाँदा त्यहाँ पनि काम हुने सुरसार देखिएन । ‘नक्शाको काम कहाँ हुन्छ’ भनी सोद्धा बबरमहल जानू भनि...बाँकी

दसैंमा यात्रु बोक्ने थोत्रा गाडीमाथि कडा अनुगमन : बढी भाडा असुल्नेमाथि भैरहेछ ठाउँका ठाउँ कारबाही !

दसैंका लागि लामो दूरीका सडकमा सार्वजनिक यातायातको संख्या कम हुन थालेपछि वर्षौंदेखि ग्यारेजमा थन्किएका सवारी बसपार्कमा निकालिएको छ । यातायात व्यवस्था विभागले असोज २४ (बुधबार) देखि देशभर जुनसुकै सवारी जहाँसुकै जान पाउने गरी ‘रुट परमिट’ खारेज गर्ने घोषणा गरिसकेको छ । वर्ष दिनसम्म विभिन्न पेशा–व्यवसा...बाँकी

दुई छात्रामाथि पालैपालो बलात्कारको आरोपमा शिक्षक पक्राउ

दुई जना छात्रालाई पटक–पटक यौन दुर्व्यवहार र बलात्कार गरेको आरोपमा पनौती नगरपालिका– १०, खोपासी घर भई बेथानचोक गाउँपालिका– ४ बस्ने शङ्कर पहरीलाई प्रहरीले पक्राउ गरेको छ । पीडितहरूको जाहेरीका आधारमा मावि तहसम्म अंग्रेजी विषय अध्यापन गर्ने ३१ वर्षीय शिक्षक पहरीलाई शुक्रबार पक्राउ गरी अनुसन्धान थालेको...बाँकी

आयोगले सरकारलाई पठायो ८ बुँदे पत्र

राष्ट्रिय मानवअधिकार आयोगले निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने वास्तविक दोषी पत्ता लगाई कानुनबमोजिम कारबाही गरी पीडितलाई न्याय दिन सरकारलाई आठबुँदे निर्देशनपत्र पठाएको छ । साउन १० मा कञ्चनपुर जिल्लाको उल्टाखाममा भएको १३ वर्षीया बालिकाको बलात्कारपश्चातको हत्यामा संलग्न वास्तविक दोषी पत्ता लगाई...बाँकी

सीके राउत पक्राउ : ‘छुट्टै देश’ मागेकाले राज्यविरूद्धको अपराधमा मुद्दा चलाइने

मधेशलाई ‘छुट्टै राज्य’ बनाउने अभिव्यक्ति दिँदै आएका डा. सीके राउत आइतबार अपराह्न गौरमा पक्राउ परेका छन् । ‘स्वतन्त्र मधेश’ को वकालत गर्दै आएका डा. राउतलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो । जिल्ला अदालत रौतहटमा नियमित पेशीमा उपस्थित भएर फर्कंदै गर्दा उनलाई प्रहरीले पक्राउ गरेको हो । राज्य...बाँकी

कारागारभित्रै ‘पानी सर्केर’ कैदीको मृत्यु !

जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका एक पुरुष कैदीको कारागारभित्रै ‘पानी सर्केर’ कैदीको मृत्यु मृत्यु भएको छ । लागूऔषध मुद्दामा ६ वर्षको कैदी जीवन बिताइरहेका रुपन्देही जिल्ला साविक वनकट्टी गाविस– ९ का ३९ वर्षीय सुशील श्रेष्ठको आइतबार मृत्यु भएको हो । पानी खाने बेलामा सर्केर कारागारभित्रै ढलेक...बाँकी

महानिरीक्षक खनालको घोषणा : गल्ती गर्ने प्रहरीमाथि कारबाही हुन्छ

केही प्रहरीका कारण प्रहरी सङ्गठन नै नराम्रो हुन पुगेको भन्दै गल्ती गर्ने प्रहरी अधिकारीलाई कारबाही गरिने प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बताएका छन् । आइतबार राजधानीमा प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै जनताले प्रहरीप्रति आशा र भरोसा गरेकाले जनचाहना अनुसार ...बाँकी