newskoseli.Com

विप्लवका ४ कार्यकर्तामाथि ‘फौजदारी’ मुद्दा !

सिरहाको लहान नगरपालिका– १३, पक्कीटोलबाट पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका चार जना कार्यकर्तामाथि सिरहा प्रहरीले नयाँ फौजदारी ऐनअन्तर्गत मुद्दा चलाएको छ । सरकारविरोधी पर्चा बाँड्दै हिँडेको आरोपमा इलाका प्रहरी कार्यालय लहानले भदौ २३ मा पक्राउ गरेका स्थानीय ग...बाँकी

शिक्षकद्वारा विद्यार्थीमाथि ‘हातपात’ र ‘दुर्व्यवहार’ : छानविन समिति बनाउने तयारी…

पश्चिम नवलपरासीको सुनवल नगरपालिकास्थित एक सामुदायिक विद्यालयका शिक्षकले विद्यार्थीमाथि हातपात र ‘दुर्व्यवहार’ गरेको घटनाबारे सत्य–तथ्य पत्ता लगाउन छानविन समिति गठनको माग गरिएको छ । सुनवलस्थित महाकवि देवकोटा माविका प्रधानाध्यापक बाबुराम पाण्डे र शिक्षक कौशलराज तिवारीले विद्यार्थीमाथि हातपात र ‘दुर...बाँकी

५ हजार घुससहित प्रहरी नायब निरीक्षक पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा प्रहरी नायब निरीक्षक रामबाबु यादवलाई पक्राउ गरेको छ । ५ हजार रुपैयाँ घुस रकमसहित टोलीले बुधबार उनलाई रङ्गेहात पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय रामगोपालपुरका इञ्चार्ज प्रहरी नायब निरीक्षक यादवले भारतबा...बाँकी

बलात्कारबाट गर्भवती सुस्त मनस्थितिकी यी १४ वर्षे बालिका…

बलात्कृत भई गर्भवती भएकी बाँसगढी नगरपालिका– ६ की १४ वर्षीया बालिकालाई बलात्कार गर्ने व्यक्ति को र कहाँको हो भन्नेबारे जानकारी नपाउँदा स्वयं बालिका तथा उनको परिवार मात्र होइन, कानुनी कार्बाहीका लागि किटानी जाहेरी दिन समेत समस्या परेको छ । बलात्कार गरी गर्भवती बनाउने व्यक्तिको पहिचान हुन नसक्दा पीड...बाँकी

निर्मला हत्याकाण्डमा नयाँ मोड : हिरासतमा लिइएका दिलिप, रोशनी र बबिता छुटे

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका– २ की १३ वर्षीया निर्मला पन्तको हत्यारा पत्ता लगाउने क्रममा अनुसन्धानका लागि हिरासतमा लिइएका तीनै जना मंगलबार रिहा भएका छन् । प्रहरी हिरासतमा लिइएका दिलिप विष्ट र रोशनी बमलाई साधारण तारेखमा छाडिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब ...बाँकी

मालपोत अधिकृतसहित ९ जना कऱ्याप्प : कीर्ते गरी अर्कैको जग्गा नामसारी…

बूढानीलकण्ठ नगरपालिका– ५ का चन्दनकृष्ण कायस्थको जग्गा कीर्ते गरी अर्कै व्यक्तिको नाममा नामसारी गराइदिने कार्यमा संलग्न मालपोत कार्यालय चाबहिलका कर्मचारीसहित ९ जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । जग्गा कीर्तेमा संलग्न मालपोत अधिकृत खगेन्द्रप्रसाद अर्याल, नासु रञ्जनकुमार खरेल, जमुनाकुमारी श्रे...बाँकी

व्यापारी पौडेलको अपहरणपछि हत्या

झापाको कमल गाउँपालिका– ६, मङ्गलबारेका ३३ वर्षीय कपडा व्यापारी खेमराज पौडेल गौरीगञ्जमा मृत फेला परेका छन् । गौरीगञ्ज वडा नं.– ६, बाहसुद्दीस्थित विनोद यादवको धानखेत नजिक नालामा मंगलबार बिहान उनको शव फेला परेको गौरीगञ्ज इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले जानकारी दिएका छन् । ...बाँकी

न्यायाधीशकै हैसियतमा सर्वोच्च फर्के प्रधानन्यायाधीशमा अस्वीकृत जोशी

प्रस्तावित प्रधानन्यायाधीशमा संसदीय सुनुवाइ समितिले नाम अनुमोदन नगरेपछि बिदामा बसेका न्यायाधीश दीपकराज जोशी मंगलबारदेखि न्यायाधीशकै हैसियतमा सर्वोच्च अदालतमा काममा फर्केका छन् । संसदीय सुनुवाइ समितिले साउन १८ मा प्रस्तावित प्रधानन्यायाधीशका लागि जोशीको सुनुवाइ गरेको थियो । सुनुवाइबाट प्रधानन्याया...बाँकी

नयाँ कानुनको ‘करामत’ : ६ पुरुषले दर्ता गराए सम्बन्ध-विच्छेदको मुद्दा !

नयाँ मुलुकी ऐन कार्यान्वयनमा आएसँगै भोजपुरमा ६ जना पुरुषले सम्बन्ध-विच्छेदका लागि मुद्दा दर्ता गराएका छन् । नयाँ मुलुकी संहिता जारी भएपछि श्रीमतीसँग सम्बन्ध-विच्छेद गर्ने पुरुषको सङ्ख्यामा वृद्धि भएको जिल्ला अदालत भोजपुरले जनाएको छ । ६ वटा मुद्दा दर्ता भएकामा एउटाको फैसला भएको अदालतका सूचना अधिका...बाँकी

लौ यस्तो पनि : श्रीमतीलाई थाहै नदिई सम्बन्ध–विच्छेद !

श्रीमान्–श्रीमतीको सहमतिमा सम्बन्ध–विच्छेद स्वाभाविक हो । तर, यहाँ श्रीमतीलाई थाहा नै नदिर्इ ‘सम्बन्ध–विच्छेद’ गरेको घटना सार्वजनिक भएको छ । आफूलाई थाहा नै नदिर्इ श्रीमानले सम्बन्ध–विच्छेद गरेको भन्दै सोमबार ५० वर्षीया मीनाकुमारी क्षेत्रीले स्याङ्जा जिल्ला अदालतमा उजुरी दिएकी छन् । उनले रुँदै भनि...बाँकी