newskoseli.Com

चट्याङ लागेर बालकको मृत्यु, २ घाइते

मकवानपुरका छुट्टाछुट्टै स्थानमा बिहीबार अपराह्न पानी र हावा–हुरीसँगै परेको चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । हेटौंडा उपमहानगरपालिका– १३, पदमपोखरीमा चट्याङ पर्दा ११ वर्षीय बालक रोजन लामाको मृत्यु भएको हो । उनी आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा चट्याङ लागेर घाइते भ...बाँकी

‘विदेशी लगानी भित्र्याउन एकद्वार प्रणाली’

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विदेशी लगानी भित्र्याउने क्रममा देखिएको समस्या समाधान गर्न सरकारले एकद्वार प्रणाली लागू गर्ने तयारी गरेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले बिहीबार राजधानीमा आयोजना गरेको ‘द्विपक्षीय लगानी सम्झौता’ सम्बन्धी छलफलमा विदेशी लगानीक...बाँकी

५ नेपाली युवा साउदीमा अलपत्र : घर फिर्तीको पहल गरिदिन अनुरोध

रोजगारीको सिलसिलामा साउदी अरब पुगेका म्याग्दीका दुई सहित पाँच युवा अलपत्र परेका छन् । दुई वर्षअघि साउदी पुगेका बेनी नगरपालिका– ३, भकिम्लीका नारायण छन्त्याल र धौलागिरि गाउँपालिका– ५, मल्कबाङका उदवीर घर्तीसहित सिन्धुपाल्चोकका दुई र बर्दियाका एक युवा कम्पनीको दुर्व्यवहारका कारण अलपत्र परेका हुन् । ...बाँकी

अख्तियार प्रमुखमा सिफारिस भए घिमिरे…

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त नवीनकुमार घिमिरे आयोगको प्रमुख आयुक्तमा सिफारिस भएका छन् । संवैधानिक परिषदको बुधबारको बैठकले घिमिरेलाई प्रमुख आयुक्तमा सिफारिस गरेको हो । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको परिषदको बैठकले कावा प्रमुख आयुक्त घिमिरेलाई प्रमुख आयु...बाँकी

‘सवारी दुर्घटना कम गराउन’ ठाउँ–ठाउँमा सरकारी आरामस्थल !

चालक निदाएर सवारी साधन दुर्घटना भए भन्ने बेलाबखत प्रशस्तै सुनिन्छ । अब सवारी चालकलाई निदाउन नदिन सरकारले देशका विभिन्न स्थानमा आराम गर्ने स्थल स्थापना गर्न लागेको छ । सवारी चालक र सहचालकले आरामदायी यात्रासहित यात्रुलाई सुरक्षित गन्तव्यसम्म पुर्‍याउने उद्देश्यका साथ सरकारले ७ प्रदेशका १४ स्थानमा य...बाँकी

२ किलो सुन, साढे ४ किलो चाँदीसहित १२ लाख नगद बरामद, पक्राउ परेका सार्वजनिक

नारायणगढ बजारबाट मङ्गलबार बरामद गरिएको सुन, चाँदी, नगदसहित पक्राउ परेका व्यक्तिलाई बुधबार सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले पत्रकार सम्मेलनको आयोजना गरी २ किलो ७६ ग्राम सुन, ४ किलो ६ सय १७ ग्राम चाँदी १२ लाख रूपैयाँ नगद सार्वजनिक गरेको हो । पक्राउ परेका नारायणगढस्थित पुतलीबजारमा...बाँकी

५ वर्षिया बालिका बलात्कार गर्नेलाई १२ वर्ष जेल, ५० हजार जरिवाना

पाँच वर्षीया बालिका बलात्कार आरोपमा जिल्ला अदालतले एक युवकलाई १२ वर्ष जेल सजाय तोकेको छ । जिल्ला न्यायाधीश तीर्थराज केसीको एकल इजलासले मङ्गलबार त्रियुगा नगरपालिका– ३, मोतीगडाका १९ वर्षीय हेमबहादुर कार्कीलाई १२ वर्ष कैदसँगै ५० हजार रुपैयााँ जरिवानाको फैसला गरेको हो । बालिकाका अभिभावकले अभियुक्त का...बाँकी

त्रिशूलीमा खस्यो ग्यास बोकेको कन्टेनर

एलपी ग्यास बोकेर काठमाडौंतर्फ जाँदै गरेको कन्टेनर नारायणगढ–मुग्लिन सडक खण्डको केराबारीबाट मंगलबार अपराह्न त्रिशूली नदीमा खसेको छ । जिल्ला प्रहरी काार्यलय चितवनका अनुसार एचआर ६९ पी ६९७३ भारतीय नम्बरको कन्टेनर १ः२० बजे नदीमा खसेको हो । चालक भने हामफालेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ । चालकको मु...बाँकी

फरार अभियुक्त बुढा ७ वर्षपछि कर्‍याप्प

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त सात वर्ष पछि पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका– १०, दक्षिण अम्राईमा २०६८ असार २८ मा धारिलो हतियार प्रहार गरी ३६ वर्षीय टेकबहादुर घर्तीको हत्या गरेको अभियोगमा राप्ती गाउँपालिका– १, भालुबाङ घर भएका ३७ वर्षीय किरण भनिने कुमवीर बुढालाई प्रहरीले पक्राउ गरेको...बाँकी

थारुले छाने नयाँ नेतृत्व, सतिषकुमार बने अध्यक्ष

थारु कल्याणकारी सभा, रुपन्देहीमा नयाँ नेतृत्व चयन भएको छ । दुई दिनसम्म सैनामैनामा चलेको नवौं अधिवेशनले सतिषकुमार चौधरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । समितिको सदस्यहरूमा चन्द्रमान चौधरी, बुद्धिराम चौधरी, करमचन्द चौधरी, सरिता चौधरी, केशव चौधरी, सत्यनारायण चौधरी, लक्ष्मी चौधरी, रामप्यारे ...बाँकी