newskoseli.Com

महेन्द्र मैनालीको चलचित्र ‘असत्यको बाटो’ को म्युजिक भिडियो सार्वजनिक

कलाकार एवं निर्माता महेन्द्र मैनाली (प्रभास) को सत्य घटनामा आधारित चलचित्र  ‘असत्यको बाटो’ को एउटा गीत असत्यको बाटो छोडि सत्यतिर पाइला चाल्दा काे म्युजिक भिडियो सार्वजनिक भएको छ ।

महेन्द्र मैनाली (प्रभास), स्टु कार्की, राजन थपलिया, बिष्णु धिताल आदि कलाकारद्धारा अभिनित यो म्युजिक भिडियोको निर्देशन राजु अधिकारीले गरेका हुन् । यस म्युजिक भिडियोमा रहेको गीतका सर्जक बरिष्ठ गीतकार डा. कृष्णहरि बराल हुन् भने  संगीत भरेका छन् संगीतकार रमेश खड्काले । गीतमा स्वर भने गायक रमेश खड्का र गायिका मलिना राईको रहेको छ ।

महेन्द्र मैनाली कलाकार मात्र नभइ निर्माता एवं सर्जक समेत हुन् । यसअघि उनले रक्तिम क्रान्ति, जिवनका यात्राहरु, वाध्यता जिन्दगीको लगायत चलचित्रको निर्माण एवं अभिनय गरिसकेका छन् । मैनालीद्धारा अभिनित चलचित्रहरुमा प्रायः उनकै लेखन रहने गरेको छ ।

2

”तरवार सहन्छ छाति, गोली सहन्छ छाति, गर्दैन घात तर, कहिल्यै विश्वास माथि” भन्ने डाइलग रहेको यो म्युजिक भिडियो हेर्दा कथा र पात्रहरु अत्यन्त शसक्त रहेको प्रतित हुन्छ । कलाकार एवं सर्जक महेन्द्र मैनालीकाे जिवनमा घटेको सत्यघटना कति मार्मिक र पीडादायी रहेछ भन्ने कुरा थाहा पाउन चलचित्र हेर्नै पर्ने हुन्छ ।

3

रवि कोइरालाको छायाँकन, सुबास देबकोटाको सम्पादन तथा किरण दाहालको द्धन्घ निर्देशन रहेको यो म्युजिक भिडियो आशुतोस फिल्मस् प्रोडक्सन प्रालिको व्यानरमा निर्माण भएको हो ।

ओम बस्तेत र रिना आचार्य (बस्नेत)  यस चलचित्रका निर्माता रहेका छन् ।

कार्यक्रममा उपस्थित अतिथिहरू गीतकार डा. कृष्णहरी बराल, बरिष्ठ कलाकर्मी शराेज खनाल लगायतले चलचित्रकाे सफलताका लागि शुभकामना व्यक्त गरेका थिए ।

7

 

6

 

4

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर