newskoseli.Com

गायक मदन गोपालले उडाए हेलिकप्टर ! (भिडियोसहित)

 

‘उकालीको उकुर–मुकुर मटेउलीको माटो…’

गायक मदन गोपालले औपचारिक गायनयात्राका क्रममा यो गीत गाए । उनले यो गीत गाउँदा अहिलेजस्तो धेरै मिडियाहरु थिएनन् तर पनि उनको गीत चर्चामै रह्यो ।

मोरङका गायक मदनगोपाल एक संगीत–साधक हुन् । संगीतलाई नै जीवन ठान्ने उनी त्यही संगीत–जीवनको आरोह–अवरोहमा अझैसम्म पनि रमाइरहेका छन् ।

संगीतकर्ममै लागिरहेका उनले लोक, आधुनिक, शास्त्रीय र चलचित्रलगायतका गायन–विधामा आफ्नो स्वर भरिसकेका छन् । त्यसो त उनले धेरै गीतको संगीत सिर्जना पनि गरिसकेका छन् ।

संगीत प्रशिक्षकका रुपमा समेत कार्य गर्दै अाइरहेका गायक एवं संगीतकार मदन गोपालले पछिल्लो चरण सार्वजनिक गरेको ‘हेलिकप्टर’ नामक गीत अहिले निकै चर्चामा छ । उनले ‘म्युजिक नेपाल’ सहितका अन्य विभिन्न कम्पनीबाट धेरै अल्बमहरु बजारमा ल्याइसकेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर