newskoseli.Com

सुप्रसिद्ध बंगाली लेखिका महाश्वेता देवीको निधन

बङ्गाली भाषी प्रसिद्ध भारतीय लेखिका महाश्वेता देवीको ९० वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि अस्वस्थ महाश्वेताको कलकत्तास्थित सिटी नर्सिङ होममा अस्पतालमा उपचारकाे क्रममा बिहीबार दिउँसो निधन भएको हो।

उनका कृतिमा आधारित रहेर ‘हजार चौरासी की माँ’, ‘रुदाली’ जस्ता उत्कृष्ट हिन्दी चलचित्र पनि बनिसकेका छन् । उनका आख्यान र निबन्धहरू विश्वका विभिन्न भाषामा अनुवाद भएका छन्। ‘हजार चौरासी की माँ’ उपन्यास यू कार्कीले नेपाली भाषाामा अनुवाद गरेका छन् ।

‘उनका बेस्ट स्टोरिज’, ‘कोरिर शाध’ लगायतका कृति चर्चित छन्। महास्वेता देवी साहित्य एकेडेमी, पद्म भूषण, म्यागासेसे लगायतका पुरस्कारबाट सम्मानित भएकी थिइन्।

सन् १९२६ मा हालको बङ्गलादेश (ढाका)मा जन्मिएकी महाश्वेताले आदिवासी र उत्पीडित समुदायका मुद्दालाई आफ्नो लेखन र सामाजिक अभियन्ताका रूपमा पनि ख्याती कमाइ सकेकि छिन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर