newskoseli.Com

डा. गोविन्द केसीले गरे बालुवाटारमा प्रदर्शन

Dr Govinda KC speaks with media before he begins the fast-unto-death demanding various reforms in Nepal medical education sector, in Kathmandu, on Sunday, July 10, 2016. Photo: RSS

चिकित्सा क्षेत्रमा भएका विकृति र बेथितिविरूद्ध ८ पटकसम्म अनशन बसेर लड्दै आएका डा. गोविन्द केसीले शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गरे ।

प्रदर्शनमा उपस्थितलाई सम्बोधन गर्दै डा. केसीले सरकारले आफूसँग गरेका सहमति कार्यान्वयन नगरी बेवास्ता गरेमा पुनः नवौंपटक आमरण अनशन बस्न अाफू बाध्य हुने चेतावनी दिए ।

उनले गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य शिक्षामा सबैको पहुँच हुनुपर्ने माग गर्दै सरकारले गरेका सहमति कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । नेपाली कांग्रेसका सांसद सुरेन्द्र चौधरीले आफूहरु पनि भ्रष्टाचार र माफियातन्त्रको विरोधमा रहेको भन्दै डा. केसीका माग जनतामुखी भएकाले संसदमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको महाअभियोगसम्बन्धी छलफल गराउने प्रतिबद्धता व्यक्त गरे ।

प्रदर्शनमा लेखक खगेन्द्र सङ्ग्रौलाले अख्तियार प्रमुख लोकमानसिंह कार्कीले क्षेत्राधिकार बाहिर गएर काम गरिरहेको भन्दै सांसदहरुले यस विषयमा आवाज नउठाउनु लोकतन्त्रमाथिकै कुठाराघात भएको धारणा राखे ।

मानवअधिकारकर्मी कपिल श्रेष्ठले डा. गोविन्द केसीका माग सरकारले स्वीकार गरिसकेर पनि पूरा नगर्नु दुःखद भएको बताए । प्रदर्शनमा १ सयभन्दा बढी व्यक्तिको उपस्थिति रह्यो ।

उनीहरूले विभिन्न नारासहितका प्लेकार्ड र पम्प्लेट बोकेका थिए । कार्यक्रमका क्रममा निषेधित क्षेत्रमा प्रदर्शनकारी पस्न सक्ने भन्दै ठूलो सङ्ख्यामा सुरक्षाकर्मी खटाइएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर