टर्कीको घाजियान्टेप सहरमा शनिबार अबेर राति एक विवाह समारोह भइरहेको एक स्थानमा भएको आत्मघाती बम आक्रमणमा परी मारिने व्यक्तिको सङ्ख्या ५० पुगेको छ । यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन्
तर यो आत्मघाती बम आक्रमणकारी इस्लामिक स्टेट्स आइएस समूहसँग आवद्ध भएको टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले दावी गरेको छ ।
घाजियान्टेपका गभर्नर अलि येर्लिकायाद्वारा प्रकाशित एक विज्ञप्तिमा विवाह समारोह लक्षित यस बिभत्स आतङ्ककारी आक्रमणमा परी मारिनेको सङ्ख्या ५० पुगेको पुष्टि गरेको छ ।
सुरुमा उनले यस आक्रमणमा परी मारिने सङ्ख्या कम्तीका ३० हुृनुको साथै अन्य ९४ जना घाइते भएका जानकारी दिएको थियो ।