newskoseli.Com

सैनिक हेलिकप्टर दुर्घटना भएको केही दिनपछि चालकको उद्धार

इन्डोनेसियाली सेनाको एक हेलिकप्टर चालकलाई निजले चलाएको विमान बोर्नेओ द्वीपमा दुर्घटना भएको केही दिनपछि जीउँदै उद्धार गरिएको एक अधिकारीले सोमबार बताए । उक्त हेलिकप्टरमा रहेका अन्य ४ व्यक्ति अझै हराइरहेको बताइएको छ ।

बेल ४ सय १२ हेलिकप्टरको भग्नावशेषसँगै यी घाइते चालकलाई आइतबार फेला पारिएको हो । मलेसियाको सीमासँगै दुर्गमस्थानको एक सैनिक केन्द्रमा आवश्यक सामग्री पुर्याउन ३ दिन अगाडि जाँदा उक्त हेलिकप्टर दुर्घटनामा परेको थियो ।

दुर्घटनास्थलसम्म पुग्न निकै कठिन भएकाले चालकलाई डोरीको माध्यमबाट उद्धार गरिएको सेनाका प्रवक्ता सब्रार फाधिलाहले बताए । उनले चालकलाई हाल उपचारका लागि अस्पताल लगिएको जानकारी दिए ।

फधिलाहले उडानको समयमा विमानमा रहेका अन्य ४ व्यक्तिलाई उत्तरी कालिमान्तान प्रान्तको पहाडी क्षेत्रमा रहेको दुर्घटनास्थलमा फेला पार्न नसकिएको बताए । उनले खोजी कार्य कायमै रहेको उल्लेख गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर