newskoseli.Com

लाखौं व्यक्तिले गैरकानुनी रूपमा मतदान गरेको ट्रम्पको दाबी

अमेरिकाकाे राष्ट्रपति पदको निर्वाचनमा विजय हासिल गरेका डोनाल्ड ट्रम्पले थप प्रमाण नदिइकनै आइतबार निर्वाचनमा मतदाताबाट गम्भीर जालसाजी भएको र लाखौं व्यक्तिले गैरकानुनी रूपमा मतदान गरेको दाबी गरेका छन् । उनले आफ्ना भनाइ प्रमाण नदिइकनै ट्विटरमा व्यक्त गरेका हुन् ।

ह्वाइट हाउसतर्फको मार्गमा सबैलाई चकित बनाउँदै प्रवेश गरेका ट्रम्पले डेमोक्र्याटिक पार्टीका प्रतिद्वन्द्व हिलारी क्लिन्टनभन्दा कम लोकप्रिय मत प्राप्त गरेका छन् । क्लिन्टनले ट्रम्पको भन्दा २२ लाख बढी मत प्राप्त गरे पनि ट्रम्पले इलेक्टोरल कलेजमा बढी मत प्राप्त गरेका छन् र यसैका आधारमा अमेरिकामा राष्ट्रपति पदको निर्वाचन निर्धारण हुन्छ ।

रिपब्लिकन पार्टीका अरबपति ट्रम्पको पछिल्लो भनाइमा लाखौं व्यक्तिले गैरकानुनी रूपमा मतदान नगरेको भए आफूले लोकप्रिय मत पनि बढी प्राप्त गर्ने दाबी गरिएको छ । विसकनसिन राज्यमा पुनः मतगणना हुनेतर्फ पाइला अगाडि बढेको अवस्थामा ट्रम्पको भनाइ आएको हो । उक्त राज्यमा ट्रम्पले विजय हासिल गरेका थिए ।

पुनः मतगणनाको कार्य हुननदिन ट्रम्प तथा उनका सहयोगीहरूले कडा प्रयास गरेका छन् र उनले यसघि क्लिन्टनले निर्वाचन प्रक्रियालाई सम्मान गर्नुपर्ने भनी अनेकौं ट्विट गरेका थिए ।

निर्वाचन अगाडि ट्रम्पले निर्वाचनको नतिजामा धाँधली हुने चेतावनी दिएका थिए भने नोभेम्बर महिनामा अनपेक्षित रूपमा विजय हासिल गरेपछि उनले त्यस्तो कुनै गुनासो गरेका छैनन् ।

ट्रम्पले ट्विटमा भर्जिनिया, न्यु ह्याम्पसर र क्यालिफोर्नियामा पनि गम्भीर जालसाँजी भएको र आमसञ्चारले यस्तो समाचार नदिएको भनी आरोप लगाएका छन् । कुनै पनि निर्वाचन सुपरिवेक्षकले व्यापक जालसाजी भएको टिप्पणी गरेका छैनन ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर