NewsKoseli.Com

अफगानिस्तानमा १ तालिवानी नेतासहित ५ को मृत्यु

अफगानिस्तानको दक्षिणी क्षेत्रमा एक स्थानीय तालीवानी नेता सहित ५ जना मारिएका छन् । अफगानिस्तानी सेनाले उजुजान क्षेत्रमा गरेको सुरक्षा कारबाहीमा उनीहरु मारिएको रक्षा मन्त्रालयले आइतबार जनाएको छ ।

“एक जना स्थानीय तालीवानी नेता बिसमिल्लाह र अन्य ४ जना व्यक्ति दिराउद जिल्लामा सेनाको सुरक्षा कारबाहीका क्रममा मारिएका छन्,” मन्त्रालयले निकालेको वक्तव्यमा उल्लेख गरिएको छ ।

पछिल्ला केही दिन यता तालिवानी विद्रोहीले सरकार नियन्त्रित क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्ने प्रयासस्वरुप गतिविधिलाई बढाएपछि अफगानी सुरक्षाकर्मीले पनि प्रतिवाद गर्दै तालिवान विरुद्धको कारवाहीलाई शसक्त बनाएका छन् ।

प्रतिकृया दिनुहोस्

Google AdSense

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

Google AdSense

आजको विनिमय दर