newskoseli.Com

पहिलो पटक प्रधानमन्त्री हुँदा सत्ता कब्जाको मानसिकता थियो तर अब छैन : प्रम दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले यसपटक सिंहदरबार प्रवेश गर्दा सत्ता कब्जा गर्ने सोचाइ नलिएको स्पष्ट पारेका छन् । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा अनलाइन सञ्चार माध्यका सम्पादकहरूसँगको अन्तर्क्रियामा दाहालले भने– ‘नढाँटी भन्दा पहिलो पटक हामी सरकारकाे नेतृत्वमा आउँदा विद्रोहको सोचाइ थियो ।’

‘हामीमा क्रान्तिको रापताप र विद्रोहको उमंग थियो । मौका पाए छोड्नु हुँदैन भन्ने नै थियो । कम्प्रमाइज गरिसकिएकै भए तापनि कहींकतै माैका पाइएछ भने छाड्नुहुँदै भन्ने मानसिकता थियो’, दाहाले भने– ‘तर, यसपटक त्यो सोचाइ र मानसिकता छैन । हामी त्यतातिर लाग्ने सबै ब्रिज भत्काएर यता निकै वर अाइसक्याैं ।’

पहिलो पटक प्रधानमन्त्री हुँदा वास्तविकता र मानसिकताबीच अन्तरद्वन्द्व रहेको उल्लेख गर्दै भने– ‘क्रान्तिको ऐतिहासिक घटनाक्रमलाई हेर्दा हामीमा सत्ता कब्जाको त्यो सोचाइ आफैंमा गलत पनि थिएन । तर वास्तविकता अर्कै थियो । हामी १२ बुँदे सम्झौता र वृहत् शान्ति सम्झाैतामा हस्ताक्षर गरेर शान्ति प्रक्रियामा निकै अघि बढिसकेका थियौं । तर मानसिकता विद्रोहकै थियो । त्यो अवस्था अहिले छैन ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर