newskoseli.Com

बिहानै त्रिशुलीमा बस खस्यो, १९ को निधन, घाइतेलार्इ उपचारनिम्ति भरतपुर लगिँदै

शुक्रबार बिहानै नारायणगढ–मुग्लिङ सडकखण्डअन्तर्गत त्रिशुली नदीमा बस खसेको छ । रौतहटबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस बिहान मुग्लिननजिकै दुर्घटनाग्रस्त भएर नदीमा खसेको प्रहरीले जनाएको छ ।

बस मुग्लिनको कालीखोला क्षेत्रबाट त्रिशुली नदीमा खसी डुबेको छ । बसमा कम्तिमा ४० यात्रु रहेको प्रहरीले जनाएको छ । १९ यात्रुको मृत्यु भएको छ भने १२ घाइते भएको छन् । घाइतेलार्इ उपचारको लागि भरतपुर लगिएको छ ।

ग १ ख ३७०९ नम्बरको बस मुग्लीनको कालीखोला क्षेत्रबाट त्रिशुली नदीमा खसेको हो । बसको केही भाग मात्र नदीबाहिर देखिएकाले हताहतीको संख्या धेरै रहेको अनुमान प्रहरीको छ । नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली घटनास्थलमा उद्धारमा खटिएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर