newskoseli.Com

चुनाव नभए संवैधानिक सङ्कट : पोखरेल

नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले डेढ वर्षभित्र ३ वटा चुनाव गर्न नसकेमा संविधान कार्यान्वयन हुन नसक्ने र त्यसले देशमा संवैधानिक सङ्कट निम्तिने बताएका छन् ।

पार्टीको स्कुल विभागले युवासङ्घ पदाधिकारी तथा केन्द्रीय सदस्यलाई एक सातादेखि सञ्चालन गरेको प्रशिक्षणको समापनमा महासचिव पोखरेलले संविधानको कार्यान्वयनका लागि ओली सरकारले तयार गरेको कार्यतालिकाभित्र अहिलेको सरकारले स्थानीय तहको निर्वाचन गर्नुपर्ने जिकिर गरे ।

ओली सरकारले मुलुकको राष्ट्रियतालाई उँचो पार्ने कार्य गरेकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिकेन्द्रले राष्ट्रको स्वाधीनतालाई कमजोर बनाउन सरकार ढालेकाे उनले बताए ।

युवासङ्घका अध्यक्ष राजीव पहारी, उपाध्यक्ष दिलु पन्त, प्रवक्ता प्रभातविक्रम कटुवाललगायतले यस किसिमको प्रशिक्षणले युवालाई परिपक्व तथा परिस्कृत बनाउने विचार व्यक्त गर्दै समाज निर्माणमा मार्क्सवादी शिक्षालाई समयसापेक्ष ढङ्गले उपयोग गर्नुपर्ने विचार व्यक्त गरे ।

तुलसीलाल स्मृति प्रतिष्ठानमा भदौ ७ देखि सञ्चालन भएको प्रशिक्षणमा सैद्धान्तिक, दार्शनिक आधार, बहुदलीय जनवाद, मार्क्सवाद, सिप, कला, संस्कृतिलगायतका विषयमा प्रशिक्षण दिइयो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर