newskoseli.Com

उपत्यकाका मासु पसलमा अनुगमन तीव्र

दर्ता प्रमाणपत्र नभएकाले खुला रुपमा मासुको बिक्री वितरण गरेको जनाउँदै बालाजु मासु पसल र श्यामा मिटसप बालाजुलाई ३ दिनभित्र दर्ता गरी विभागमा आउन निर्देशन दिइएको आपूर्ति मन्त्रालयका प्रवक्ता आनन्दराम रेग्मीले जानकारी दिएका छन् ।

बजार अनुगमनका क्रममा विभिन्न स्थानमा अनुगमन तीव्र बनाइएको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको सक्रियतामा साउन ३१ गतेदेखि निरन्तर रुपमा बजार अनुमगन प्रभावकारी बनाइएको हाे ।

शुक्रबार गरिएको अनुगमनका क्रममा मूल्यसूची नभएको, व्यवसाय नवीकरण नभएको, कम पुँजी राखी व्यवसाय सञ्चालन गरेको, लेबल नभएको र नापतौल यन्त्र प्रमाणीकरण नगरेको जनाउँदै मनकामना मार्केटिङ स्टोर गोङ्गबु र केसी चिकेन स्टोर गोङ्गबुलाई पनि आवश्यक कागजपत्र लिई ३ दिनभित्र विभागमा आउन निर्देशन दिइएको छ ।

अनुगमनका क्रममा केसी चिकेन स्टोरमा खानका लागि अयोग्य कुखुराको ७२ किलो मासु र १८ किलो ससेज गरी ९० किलो मासु नष्ट गरिएको छ । शुक्रबार विभागले ४ स्थानमा अनुगमन गरेको छ । विभागले हालसम्म व्यवसाय, प्रतिष्ठान र व्यापारिक गरी ४ सय २१ वटामा अनुगमन गरिसकेको मन्त्रालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

आपूर्ति मन्त्रालयमा सरोकार भएका र खाद्य वस्तुसँग सम्बन्धित आयातकर्ता सङ्घसंस्थाका पदाधिकारीबीच बैठक बसी चाडबाडका समयमा उपभोक्तालाई सक्दो सहुलियत प्रदान गराउने विषयमा निर्णय भएको बताइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर