newskoseli.Com

पशुपतिमा महिला दर्शनार्थीको भीड, सुरक्षा व्यवस्था कडा, सीसी क्यामेराबाट निगरानी

हरितालिका तीजको अवसरमा हुने आपराधिक घटनालाई लक्षित गरी प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ ।

विषेश गरेर महिलाहरुको घुइँचो लाग्ने पशुपति क्षेत्रमा काठमाडौं प्रहरी परिसरले सुरक्षा व्यवस्था कडा बनाएको हो । महिलाहरु गरहगहना लगाएर जाने र लुटपाट हुने भएकाले पशुपति क्षेत्रमा तीन हजार प्रहरी परिचालन भएको काठमाडौंका एसएसपी विक्रम सिंह थापाले बताए ।

पशुपति क्षेत्रमा सादा पोशाकका महिला प्रहरी पनि ठूलो संख्यामा परिचालन गरिएको छ भने ठाउँठाउँमा प्रहरी सहायता कक्षा राखिएको छ ।

त्यस्तै चोरी तथा लुटपाट हुन सक्ने भन्दै पशुपति क्षेत्रमा पुरुषहरुलाई प्रवेशमा निषेध गरिएको पनि एसएसपी थापाले बताए ।

पशुपति क्षेत्रको निगरानीका लागि ३० वटा सीसी क्यामेरा राखिएको छ । गौरीघाट, मित्रपार्क, गौशाला लगाएतका क्षेत्रहरुबाट यातायातका साधन सञ्चालनमा रोक लगाइएको छ ।

Teej-2073-7

त्यस्तै पाशुपतिका चारै ढोका खुल्ला गरिएको छ भने ति क्षेत्रमा स्वयमसेवकको रुपमा पनि प्रहरी नै परिचालन भएका छन् ।

विषेश गरेर गहना लगाएर गएका महिलाहरु लुटेराहरुको निशानामा पर्ने गरेका छन् । त्यस्ता आपराधीक समुहलाई निशानामा राखेर सुरक्षा व्यवस्था कडा बनाएकाले अहिलेसम्म कुनै पनि अप्रिय घटनाहरु नभएको एसएसपी थापाले बताए ।

प्रहरीले तीजमा तडक भडक नदेखाउन र गरगहना लगाएर हिँडडुल नगर्न सबैलाई अनुरोध पनि गरेको छ ।

हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा आइतबार बिहान ३ बजेदेखि नै ब्रतालु महिलाहरूको भीड लागेको छ ।

पानी पर्न थालेपछि पशुपति दर्शनका लागि लाइनमा बसेका महिलालाई लाइनमा बस्न मुस्किल भएको एक ब्रतालुले बताइन् । ब्रतालु महिलाहरूको लाइन पश्चिममा जयबागेश्वरी, दक्षिणमा तिलगङ्गा र उत्तरमा उमाकुण्डसम्म पुगेको छ ।

दर्शनार्थी दर्शनका लागि बिहान ३ः३० बजेदेखि मन्दिरका चारै ढोका थियो । आज नौ लाख महिलाले पशुपतिनाथमा दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको पशुपति विकाश कोषले जनाएको छ ।

मन्दिर दर्शन गर्न महिलाहरूको चाप बढी हुने भएकोले आज पुरूषलार्इ मन्दिर पस्न निषेध गरिएको छ । कोषले यस वर्ष सशुल्क दर्शन बन्द गरेको हुनाले सबै भक्तजन लाइन लाग्नुपर्ने भएको छ । प्रहरीबाहेक अरू संघ संस्थाका स्वयम् सेवक परिचालन नगरिएको पशुपति विकाश कोषले जनाएको छ । देशभरका विभिन्न शिवालयमा पनि बिहानैदेखि व्रतालु महिला पूजा तथा दर्शनका लागि जाने गरेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर