newskoseli.Com

कसैको रहर पुर्‍याउन मात्रै संविधान संशोधन हुँदैन : नेपाल

पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का नेता माधवकुमार नेपालले औचित्य र आधार पुष्टि नगरेसम्म संविधान संशोधन हुन नसक्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा बुधबार साँझ सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता नेपालले कसैको रहरका लागि संविधान संशोधन गरिरहनु नपर्ने जिकिर गरे ।

संविधान संशोधनबारे सरकारले अहिलेसम्म कुनै जानकारी नदिएको भन्दै मुलुकको आवश्यकता र हित हुने स्थिति भए मात्र संविधान संशोधन गर्न सकिने नेपालले बताए । यसका लागि एमाले पार्टीलाई सन्तुष्ट पार्नुपर्ने उनकाे भनाइ छ ।

मधेसवादी दललाई पनि सन्तुष्ट पार्ने काम सरकारको भएको धारणा व्यक्त गर्दै नेता नेपालले मधेसवादी दललाई सहमतिमा लिएर अघि बढ्नु उपयुक्त हुने धारणा व्यक्त गरे ।

स्थानीय निकाय पुनर्संंरचना आयोगले गर्न लागेको पुनर्संरचनाको कार्य गलत भएकाले जिल्लाको अधिकार कटौती गर्ने कार्य तत्काल रोक्नुपर्ने धारणा नेता नेपालले व्यक्त गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर