newskoseli.Com

रेल दुर्घटना ५ को मृत्यु १ सय घाइते

पाकिस्तानको मध्यभागमा पर्ने पञ्जाब प्रान्तको मुल्तान जिल्लामा बिहीबार बिहान यात्रुवाहक रेल अर्को कार्गो रेलसँग एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा परी कम्तीमा ५ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १ सयभन्दा बढी घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यमले सो जानकारी दिएको छ ।

स्थानीय टेलिभिजन च्यानल जियोका अनुसार सो दुर्घटनामा परी कम्तीमा ५ व्यक्तिको मृत्यु भएको छ भने १ सयभन्दा बढी घाइते भएका छन् । घाइतेहरुलाई सो जिल्लाको विभिन्न अस्पतालमा भर्ना गरिएको छ ।

उद्धारकर्ताका अनुसार यात्रुवाहक रेलको डिब्बामा अझै पनि व्यक्तिहरु फसेर रहेको हुनाले मृतकको सङ्ख्या बढ्ने अनुमान गरिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर