newskoseli.Com

२ भारतीय शिक्षकको उद्धार

 लिबियामा अपहरणमा परेका २ भारतीय शिक्षकको उद्धार भएको भारतीय विदेशमन्त्री सुष्मा स्वराजले बिहीबार बताएकि छिन् ।

ती २ भारतीय नागरिक १ बर्ष भन्दा बढी समयदेखि नै लिबियामा अपहरणमा परेका थिए । भारतीय नागरिक टि गोपालकृष्ण आन्ध्र प्रदेश र सि बी आलारामकृष्ण छिमेकी राष्ट्र तेलाङ्गानामा रहेका थिए ।

लिबियाको सिर्ते विश्वविद्यालमा अध्यापन गराउँदै आएको चार भारतीय शिक्षक सन् २०१५ को जुलाईमा इस्लामिस्ट स्टेट (आएएस) आतङ्ककारी समूहले अपहरण गरेका थिए । ती मध्ये २ जनालाई आइएस आतङ्ककारी समूहले अपहरण गरेको केही दिनमा नै मुक्त गरेका थिए ।

तर गोपालकृष्ण र आलारामकृष्ण भने १ बर्ष भन्दा बढी समयदेखि अपहरणमा परिरहेका थिए । ‘म खुशि छु यो सुचना गर्न पाउँदा कि टि गोपालकृष्ण आन्ध्र प्रदेश र सि बी आलारामकृष्ण तेलाङ्गानाका सन् २०१५ को जुलाई महिनामा लिबियामा अपहरण परेका भारतीय नागरिक उद्धार भएका छन् ’ स्वराजका ट्वीटरहमार्फत बिहीबार बिहान लेखेकि छिन् ।

सन् २०१४ को जुलाईमा ६५ जना भारतीय नर्सहरु लिबियामा भएको द्वन्द्वमा फसेका थिए । यद्यपी लिबियाको विभिन्न अस्पतालमा कार्यरत ती नर्सहरु गत बर्षको अगस्टमा भारत फर्केका थिए ।

सन् २०१४ को जुनमा इराकी सहर मोसुल हिंसा अत्यन्त प्रभावित भएको अवस्थामा निर्माधिन काममा कार्यरत ४० भारतीय कामदारमा अपहरण परेका थिए । ती कामदारहरु अहिलेसम्म फेला परेका छैनन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर