newskoseli.Com

नेपाली भूकम्पपीडितलाई भारतीय मार्क्सवादीको ८ करोड सहयोग

नेपालका भूकम्पपीडितलाई राहत दिनका लागि भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ८ करोड ४५ लाख रूपैयाँ सहयोग प्रदान गरेको छ ।

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री दाहालसँग बिहीबार भएको भेटमा सो पार्टीका महासचिव सीताराम यचुरीले उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

नेपाली जनताको पीडामा भाकपा (मा) का तर्फबाट उपलब्ध गराइएको सहयोगप्रति प्रधानमन्त्रीले आभार प्रकट गरेका छन् । भेटका अवसरमा प्रधानमन्त्री दाहाल र महासचिव यचुरीबीच दुई देश र दुई पार्टीको सम्बन्धका बारेमा समेत कुराकानी भएको थियो ।

प्रधानमन्त्री दाहाल र भारतीय राष्ट्रिय कांग्रेसका महासचिव डिपी त्रिपाठीबीच पनि बिहीबारै भेटवार्ता भएको छ । सो अवसरमा नेपालको पछिल्लो राजनीतिक अवस्था, नयाँ सरकार गठन भएपछि सरकारले सुरु गरेका कामकारबाही एवम् आपसी हित र चासोका बारेमा समेत कुराकानी भएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर