newskoseli.Com

पत्रकारलाई पत्रकारितामै टिकाऔं : पूर्वसञ्चारमन्त्री

नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले पत्रकारितामा लागेका व्यक्तिलाई पत्रकारिता क्षेत्रमा नै जोगाएर राख्नुपर्ने बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिले बुधबार आयोजना गरेको राष्ट्रिय भेलाको उद्घाटन गर्दै पूर्व सूचना तथा सञ्चारमन्त्री रिजालले पत्रकारले स्वतन्त्र रुपमा कलम चलाउन न्यूनतम पारिश्रमिक पाउनुपर्ने बताए ।

नेकपा (एमाले) का सचिव तथा पार्टी प्रचार विभाग प्रमुख योगेश भट्टराईले पत्रकारिता क्षेत्रले जनताको सांसदका रुपमा भूमिका खेलेकाले सञ्चार क्षेत्रको महत्व ठूलो भएको बताए । उनले पत्रकारिता क्षेत्रमा नैतिक आचारसंहिता हुने तर प्रशासनिक निकायले पत्रकारलाई आचारसंहिता जारी गरी कार्यान्वयन गराउन नसकिने बताए ।

नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य वसन्तकुमार शर्माले सञ्चारजगतले जनताका अधिकार र सरकारका कामकारबाहीलाई जनतासमक्ष पुर्याउनुपर्नेमा जोड दिए । पूर्वमन्त्री सोमप्रसाद पाण्डेयले पत्रकारिता क्षेत्रमा देखिएका समस्या समाधान गर्न सबै एकजुट हुनुपर्ने बताए ।

महासङ्घका अध्यक्ष डा. महेन्द्र विष्ट, पूर्वसभापति सुरेश आचार्य र धर्मेन्द्र झा, पूर्वमहासचिव ओम शर्मा, पत्रकार शम्भु श्रेष्ठ र न्यूनतम पारिश्रमिक निर्धारण समितिका संयोजक पोषण केसीलगायतले श्रमजीवी पत्रकारले न्यूनतम पारिश्रमिक पाउनुपर्नेमा जोड दिए ।
–––––––

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर