newskoseli.Com

हिलारीको स्वास्थ्यमा सुधार

 अमेरिकाको डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार हिलारी क्लिनटनको स्वास्थ्य अवस्था राम्रो भएको उपचारमा संलग्न चिकित्सकहरुले बुधबार प्रकाशित एक विज्ञप्तिमा बताएका छन् ।

“उनको स्वास्थ्य अवस्थामा निरन्तर सुधार भईरहेको छ संयुक्त राज्य अमेरिकाको सेवाका लागि उनि अहिले ठिक अवस्थामा छन्,” क्लिनटनकी पारिवारिक चिकित्सक डा.लिसा बारडार्कले भनेका  छन् ।

अमेरिकाको पूर्वविदेश मन्त्रीसमेत रहेकाे र हाल डेमोक्र्याटिक पार्टीका तर्फका राष्ट्रपतिकाे उम्मेदवार हिलारी क्लिन्टनले गत आईतवारदेखि आफ्ना महत्वपूर्ण सभासमारोह रद्ध गरेर घरमै बसेकि छिन् ।

पूर्वविदेशमन्त्री क्लिन्टन नरम र नसर्ने जिवाणु सहितको निमोनियाबाट प्रभावित हुनु भएको डा. बारडार्कले बताएका छन् । स्वास्थ्य परिक्षण गर्दा शारिरिक अवस्था सामान्य र मानसिक अवस्था निकै राम्रो पाईएको डा. बारडार्कले भनाइ रहेको छ ।

डेमोक्रयाटिक उम्मेदवार क्लिनटन आफ्ना चुनाव प्रचारप्रसारका कार्यक्रमहरुमा बिहीबारदेखि नै फर्किएकि उनको प्रचारप्रसार समूहले बुधवार जानकारी दिएको छ । यसअघि उनले अस्वस्थ्यताका कारण क्यालिफोर्निया भ्रमण रद्द गरेकि थिइन् ।

यसै वर्ष आयोजना हुने पार्टीको राष्ट्रिय समितिको सम्मेलनका लागि ठाउँठाउँबाट खर्च जुटाउने शृङ्खलावद्ध कोष सङ्कलन कार्यक्रम र चुनावी प्रचारप्रसार अभियानको सिलसिलामा क्लिन्टनको क्यालिफोर्निया जाने योजना रहेको थियो ।

गत २००१ सेप्टेम्बर ११ मा न्युयोर्कको ट्वीन टावरमा भएको आतङ्ककारी आक्रमणको स्मरण गर्न गत आइतवार आयोजित पन्ध्रौँ वार्षिक श्रद्धान्जलिसभामा ६८ वर्षीय क्लिन्टनले ९० मिनेट लामो वक्तव्य दिएकाे र सन्चो नभएको कारण कार्यक्रम सकिनु अगावै बीचैमा छाडी प्रस्थान गरेकि थिइन् ।

आगामी नोभेम्बर महिनामा हुन गइरहेको राष्ट्रपतीय निर्वाचनकी उम्मेदवार क्लिन्टन अमेरिकी डेमोक्र्याटिक पार्टीको तर्फबाट प्राय विजयको नजिक पुग्न लागेका एक सशक्त महिला उम्मेदवारको रुपमा अमेरिकाभरी चर्र्चित् छिन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर