अमेरिकाको न्युयोर्क राज्यको छिमेकमा पर्ने चेल्सीमा शनिवार भएको बम विस्फोटनमा परी कम्तीमा २९ जना घाइते भएका छन् । यद्यपी यस क्षेत्रमा आतङ्कको प्रत्यक्ष सहभागीता नरहेको अधिकारीले जानकारी दिएका छन् ।
घाइतेहरुको उपचार भइरहेको र १ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाकारी दिएको छ । “प्रारम्भिक समाचारअनुसार घटनास्थलमा विस्फोट गराउने आतङ्ककारीका कुनै प्रमाण फेला परेका छैनन्,” न्युयोर्कका मेयर विल डे ब्लासिओले भनेका छन्।
“यहाँ केही रहस्य अवश्य छ, हामीले निकै सावधानीका साथ अनुसन्धान सुरु गरिसकेका छौँ, तर अहिलेसम्म अपराधीका कुनैपनि प्रमाण फेला पारेका छैनौंँ,” उनले थप जानकारी दिएका छन् ।
अग्नी नियन्त्रण विभागका आयुक्त डेनिल निग्रोले पनि घटनामा २९ जना घाइते भएका र २४ जनालाई अस्पतालमा उपचार भइरहेको जानकारी दिएका छन् ।
बेलुका करिब ८ः३० मा भएको यो विस्फोट ग्यासको विस्फोटनको कारण नभएको प्रंहरीले स्पष्ट पारेको छ । यो विस्फोट नियतबस गरिएको पनि न्युयोर्कका मेयर विल डे ब्लासिओले बताउनुभएको छ ।