थाइल्यान्डको चाओ प्राया नदीको पुलमा ठोक्किएर आइतबार भएको डुङ्गा दुर्घटनामा १३ जनाको मृत्यु भएको यहाँको आपतकालीन व्यवस्था विभागका अधिकारीले बताएका छन् ।
प्राचीन सहर आयुत्थाया नजिकै भएको दुर्घटनामा १३ जना मृत्यु भएको पुष्टि भएको छ भने ३३ जना घाइते भएका, विभागका विपद् नियन्त्रण प्रमुख ओडाम्सक खाओनुनाले बताए ।
विपरित दिशाबाट आएको अर्को डुङ्गासँग ठोक्किनबाट जोगाउने प्रयासमा डुङ्गा पुलको पिलरमा ठक्कर खाएपछि भएको उक्त दुर्घटनामा मृत्यु हुने सबै थाई नागरिक रहेकासमेत बताइएको छ ।
दुर्घटनापछि तत्काल नदीमा डोरी फालिएको र त्यही डोरीको सहयोगमा केही घाइते नदीबाहिर आएका थिए । पानीमा डुबी बेहोस भएका केही मानिसलाई समेत स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरेको थियो ।