newskoseli.Com

बाढी पहिरोका कारण १७ जनाको मृत्यु, ९ वेपत्ता

इण्डोनेसियाको पश्चिमी क्षेत्रमा बुधवार विहान आएको बाढी पहिरोका कारण १७ जनाको मृत्यु भएको छ भने ९ जना अझै हराइरहेका छन् । इण्डोनेसियाली राष्ट्रिय विपद् व्यवस्थापन विभागले बाढीपहिरोमा परी ३२ जना घाइते भएको र सयौं विस्थापित भएको जनाएको छ ।

स्थानीय समय अनुसार विहान १ बजे पश्चिम इण्डोनेसियाको गरुत जिल्लामा पर्ने २ नदीमा भिषण बाढी आएको उक्त विभागका प्रवक्ताले जानकारी दिए । उनले त्यहाँ १४ जनाको मृत्यु भएको, ३० जना घाइते भएको र ८ जना हराइरहेको बताए ।

त्यसैगरी सुमेडाङ जिल्लामा मङ्गलबार राती १० बजेतिर आएको बाढी पहिरोले ३ जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । हराइरहेकाहरूको खोजी गर्न र विस्थापितहरूलाई आपतकालिन सहयोग गर्न सुरक्षाकर्मी, प्रकोप निकायका अधिकारीलगायत लागिरहेका छन् ।

बाढीपहिरोबाट प्रभावितहरु मध्ये झण्डै १ सय जनालाई सरकारी भवन तथा सैनीक शिविरमा राखिएको अधिकारीहरूले जनाएका छन् । भारी बर्षा हुनासाथ इण्डोनेसियामा बाढी आउने र पहिरो जाने समस्याबाट इन्डोनेसियालीहरू पिडित हुन गर्छन् ।

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर