newskoseli.Com

घोप्टेभीर दुर्घटना : घटनास्थलमा आफन्तको बिलौना

3fOt] rfns–/fO{ e/tk’/ c:ktfndf k”j{ u[xdGqL dfwj l3ld/] r9]sf] uf8L b’3{6gf x’Fbf 3fOt] ag]sf rfns lji0f’ /fO{ e/tk’/ c:ktfndf pkrf/sf qmddf . tl:a/M gf/fo0f 9’+ufgf, /Tggu/ -lrtjg_,/f;;

कर्मचारीवृत्तमा सुपरिचित र दोस्रो संविधानसभाको निर्वाचन गराउन सफल हुनुको मुख्य श्रेय पाएकै कारण धेरैको प्रिय बनेका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे आफ्ना दुई भाइसहित आइतबार साँझदेखि त्रिशूली नदीमा बेपत्ता छन् ।

उनी चढेको गाडी आइतबार साँझ त्रिशूली नदीमा खसेर उनीहरु बेपत्ता भएदेखि नै कुरिनटारको घोप्टेभीरमा अवस्था बुझ्न आउनेको भीडभाड छ । सोमबार बिहान सबेरैदेखि घिमिरेका इष्टमित्र, आफन्त हुँदै नेपाल सरकारका उच्चपदस्थ कर्मचारी समेत घटनास्थल आइपुगे ।

चितवन र छिमेकी जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका जिल्लास्थित प्रमुख पनि घोप्टेभीर पुगेर उनको खोजीका लागि सहयोग गरिरहेका छन् ।

सोमबार बिहान घटनास्थल घोप्टेभीरमा बिलौना गरिरहेकी दीपा आचार्य घिमिरेसँगै मुक्तिनाथ यात्राको एक जना सहयात्री हुन् । दीपाका बुबाका मामाको छोरा (ठूलोबुबा) घिमिरे परिवारसँगै आचार्य पनि असोज ५ गते काठमाडौंबाट मुक्तिनाथ यात्रामा गएकी थिइन् ।

आचार्यले भनिन्– “बिहान ७ बजे हामी काठमाडौंबाट हिँडेका थियौं । गाडीमा माधवप्रसाद घिमिरे, उहाँका भाइ प्रकाश, काकाको छोरा मोहन, नाताले काका पर्ने नारायणप्रसाद काफ्ले र चालकसहित दुई सुरक्षाकर्मी थिए ।” असोज ५ गते राति बेनीमा बास बसी यात्रा तय गरेको बताउँदै आचार्यले भनिन्– “असोज ६ गते जोमसोममा बसियो । असोज ७ गते त्यहींबाट कागबेनीमा गएर श्राद्ध गरी साँझ फेरि जोमसोममा नै बसियो ।”

उनले अगाडि भनिन्–  “असोज ८ गते बिहान जोमसोमबाट हिँडियो, म बेनीमा झरें, उहाँहरु बागलुङकालिका दर्शन गरी पोखरा गएर बस्नुभयो । असोज ७ गते घिमिरेले र असोज ८ गते काफ्लेले श्राद्ध गर्नुभएको थियो ।” आचार्यका पिता यादव आचार्य म्याग्दी जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारी हुन् ।

असोज ९ गते बिहान निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) कास्कीका अध्यक्ष चिनु रानाभाटसँगै बिहानको खाना खाएर उनीहरु हिँडेका हुन् ।

dGqL n]vs 36gf:yn lg/LIf0f k"j{ u[xdGqL dfwjk|;fb l3ld/] r9]sf] uf8L b'3{6gf ePsf] :yn bf/]rf]s uflj;–# 3f]K6]le/l:yt 36gf:yn lg/LIf0f ug{'x'Fb} ef}lts k"jf{wf/ tyf oftfoft dGqL /d]z n]vs . ;fydf lrtjgsf k|d'v lhNnf clwsf/L ljgf]bk|sfz l;+x 36gfsf] hfgsf/L lbg'x'Fb} tl:a/ M gf/fo0f clwsf/L, lrtjg÷/f;;
घटनास्थल निरीक्षण गर्दै मन्त्री रमेश लेखक

घटनास्थलमा आइपुगेका रानाभाटले भने– “हामीसँगै लेकसाइडको मोनालिसा रेस्टुराँमा खाना खाएर बिहान ११ः१५ बजे उहाँहरु पोखराबाट हिँड्नु भएको हो ।” उनीहरुले दिउँसो विमलनगरमा चिया–खाजा खाएको समेत रानाभाटले बताए । दिउँसो २ः३० बजे फोन गर्दा उनीहरु विमलनगर भएको बताउँदै रानाभाटले यो घटना सुन्दा आफूलाई सपनाजस्तो लागेको बताए ।

घटनास्थलमा निकै दुःखित देखिएका यादव आचार्य मुक्तिनाथ यात्रा क्रममा उनीहरुसँगै थिए । आचार्य माधव घिमिरेका फुपूका छोरा भाइ हुन् । “साँझ ५ बजे मैले दाइलाई फोन गरें, धेरै बेरपछि सुरक्षाकर्मीले फोन उठाए, हामी आत्तिएर आइपुग्यौं । अहिले पनि घटना सपनाजस्तै लाग्छ” उनले भने । उनका अनुसार माधव घिमिरे र भाइ प्रकाश वनस्थलीमा बस्छन् । अन्दाजी ४८ वर्षीय प्रकाश खेलकुद परिषद्का कर्मचारी हुन् ।

काकाका छोरा अन्दाजी ५० वर्षीय मोहन पनि वनस्थलीमै बस्छन् । उनी नेपाल टेलिकमका कर्मचारी भएको आचार्यले बताए । अन्दाजी ६५ वर्षीय नारायण काफ्ले राष्ट्रिय वाणिज्य बैंकका निवृत्त कर्मचारी हुन् । उनको बसाइ मध्यबानेश्वरस्थित कात्यायनी मन्दिरछेउमा छ । प्रहरी नायब निरीक्षक रामचन्द्र कार्की सिन्धुलीका हुन् ।

आचार्यका अनुसार पूर्वगृहमन्त्री एवम् मुख्यसचिव घिमिरेकी श्रीमती कमला र बुहारी आकांक्षा काठमाडौंकै घरमा छन् भने छोरा सुशान्त अस्ट्रेलियाबाट आउँदै छन् । छोरी सृष्टि पाल्पा मेडिकल कलेजमा चौथो वर्षमा अध्ययनरत छिन् ।

घटनास्थलमै भेटिएका घिमिरेका काकाका छोरा धनेन्द्रले घटनास्थल निरीक्षण गर्न आएका मन्त्री रमेश लेखकसँग यही ढङ्गबाट खोजी गर्दा पत्ता लाग्न नसक्ने भन्दै थप स्रोत र साधनको प्रयोग गर्न आग्रह गरे ।

पानीभित्र पसेर बेपत्ताको खोजी गर्न सक्ने अत्याधुनिक उपकरण भैदिए उनीहरुलाई पत्ता लगाउन सकिने घिमिरेले बताए । सो क्रममा मन्त्री लेखकले यस विषयमा प्रधानमन्त्रीसँग तत्काल टेलिफोन सम्पर्क गरी खोजीकार्यलाई थप प्रभावकारी बनाउने आश्वासन दिए । लगत्तै उनले प्रधानमन्त्रीलाई फोन समेत गरे ।

घिमिरेको गृहजिल्ला पाल्पा सहित देशभर छरिएर रहेका आफन्त कुरिनटारस्थित घटनास्थल आइपुगेका छन् भने उनकै समयदेखि सरकारी सेवामा रहेका पनि आउने क्रम जारी छ । घटनास्थलमा उनको झोला र मोबाइल फेला परेका छन् । घिमिरेका तीनभाइ नदीमा बेपत्ता छन् भने आमा, काका काफ्ले, सशस्त्र प्रहरीका नायब निरीक्षक कार्कीको मृत्यु भएको छ । चालक नेपाल प्रहरीका हवल्दार विष्णु राई घाइते छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर