newskoseli.Com

ग्यास उद्योगीको लापर्वाहीले ज्यान जाँदै

 राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले ग्यास उद्योगीको लापर्वाहीले गर्दा सिलिन्डर पड्किएर दुर्घटना बढ्ने क्रम बढेको बताए ।
रफत सञ्चार क्लबमा बुधबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले उद्योगीको लापर्वाही र नियमनकारी निकायको तदारुकताको अभावकै कारण दुर्घटना बढेको बताए । पुराना ग्यास सिलिन्डर बजारमा लैजाने, ग्यास चुहावट भएकै सिलिन्डर बजारमा पठाउने, उद्योगीले बेलाबेलामा सिलिन्डरको पुनः परीक्षण नगर्ने तथा सिलिन्डरको निर्माणमा लापर्वाही गर्दा उपभोक्ताले दुर्घटना मोल्नु परेको उनले बताए ।

उपभोक्तालाई ग्यासको प्रयोगमा सचेत गराउने र खराब उद्योगीलाई कारर्वाही गर्न सरकारले उदासीनता देखाउँदा उपभोक्ताले ज्यान गुमाउनु परिरहेको उनले बताए ।
कार्यक्रममा पूर्वउद्योगमन्त्री महेश बस्नेतले कच्चा ग्यास सिलिन्डरको कारण दुर्घटना भई ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति दिनेभन्दा पनि उल्टो शक्तिको आडमा त्रास थपिदिएको घटना भक्तपुरमै घटेको बताए । उनले उद्योगीको गल्तीका कारण आमगृहिणीले ज्यान गुमाउनु परेको र सरोकारवालाले नियमन गर्न नसक्दा ग्यास सिलिन्डरमा त्रुटि देखिएको बताए ।

कार्यक्रममा एलपी ग्यास सिलिन्डर पड्कँदा ज्यान गुमाएका भक्तपुर पलाँसेका मृतकका भार्इ सबिन महतले एलपी ग्यास सिलिन्डरको त्रुटिकै कारण आफ्नो दाइले ज्यान गुमाउनु परेको बताए । कम्पनीले सिकिस्त घाइते भएकी भाउजूको उपचार खर्चसमेत उपलब्ध नगराएको बताउँदै न्याय माग्ने ठाउँमा समेत न्याय पाउन नसकेकाले उपभोक्ता मञ्चलाई पहल गरिदिन आग्रह गरे।
––––––––

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर