newskoseli.Com

साँगादिन बजारमा आगलागी : ३ घर नष्ट, लाखौंको क्षति

खेवाङ गाविसस्थित साँगादिन बजारमा भएको आगलागीले ३ घर जलेर नष्ट भएका छन् । अाइतबार राति करिब १ बजे अचानक भएको आगलागीले खेवाङ– ४ का श्रीप्रसाद भट्टराई, ठाकुरप्रसाद दाहाल र कृष्णप्रसाद दाहालको घर पूर्णरुपमा जलेर नष्ट भएका हुन् ।

घरसँगै रहेको पसल र घरभित्र रहेका सम्पूर्ण सामान जलेर नष्ट हुँदा लाखौं मूल्य बराबरको क्षति भएको छ । स्थानीयले बताएअनुसार कृष्णप्रसाद दाहालको भान्छाकोठा नजिकैको दाउराको हारबाट राति करिब १ बजे अचानक आगलागी सुरु भएको थियो । प्रहरीले भने आगलागीको कारण यकिन नभएको बताएको छ ।

आगलागी भएको जानकारी पाउनासाथ स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणको प्रयास गरे पनि रातको समय भएकाले समयमा नै आगलागी नियन्त्रण हुन नसकेको खेवाङ प्रहरी चौकीले बताएको छ ।

नजिकै जोडिएर रहेका अन्य घर भने आगलागीबाट जोगाउन सफल भएको बताइएको छ । आगलागी साेमबार बिहान मात्रै नियन्त्रणमा आएको बताइएको छ ।

आगलागीका कारण लाखौंको क्षति भए पनि क्षतिको विवरण सङ्कलन भइरहेकाले क्षतिको यकिन विवरण प्राप्त भएको छैन । आगलागीले मानवीय क्षति भने भएको छैन । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर