newskoseli.Com

संविधान सर्वस्वीकार्य बनाउनुपर्छ : नेता श्रेष्ठ

नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले संविधानलाई सर्वस्वीकार्य बनाउन यसमा परिमार्जनको आवश्यकता रहेको बताएका छन् । दसैं, तिहार, छठ र मोहर्रम पर्व– २०७३ को उपलक्ष्यमा नेकपा (माओवादी केन्द्र) नगर समिति बर्दिवासले शुक्रबार वर्दिवासमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले असन्तुष्ट पक्षको माग सम्बोधन हुनेगरी संविधान संशोधन गर्नु आवश्यक रहेको बताएका हुन् ।

नेता श्रेष्ठले विश्वको संविधानभन्दा नेपालको संविधान मौलिक अधिकारको सवालमा उत्कृष्ठ रहेको बताउँदै ‘उत्पीडित वर्गका केही अधिकार र माग छुटेका छन्, तिनको सम्बोधनका लागि संविधान परिमार्जन आवश्यक छ, यो भए मात्र संविधानलाई सर्वोत्कृष्ट भन्न मिल्छ’ भने ।

संविधानमा नागरिकताको सवालमा कुनै विवाद छैन भन्दै उनले विश्वका कुनै पनि देशमा अङ्गिकृत नागरिकता लिएको व्यक्ति देशको उच्च पदमा जान पाउने व्यवस्था नभएको बताए ।

नेकपा (माओवादी केन्द्र) सांसद गिरीराजमणि पोखरेलले ‘संविधान संशोधनप्रति नेकपा एमाले सकारात्मक भई यसको कार्यान्वयनतर्फ गम्भीर हुनुपर्छ’ भन्दै ‘२०७४ माघभित्र निर्वाचित निकायको हातमा जिम्मा लगाई देशलाई समाजवादतर्फ डोर्याउनुपर्छ’ भने ।

‘संविधान कार्यान्वयन नभए देश दुर्घटनामा फस्न सक्छ’ उनले भने– संविधान कार्यान्वयन गरी मुलुकमा सङ्घीयातालाई संस्थागत गर्नुपर्दछ ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर