newskoseli.Com

त्रिदेशीय साझेदारीबारे ओठे ‘सहमति’ !

k|wfgdGqL k’iksdn bfxfn k|r08 ef/tsf] uf]jfdf x’g] la|S; ;Dd]ngdf ;xefuL x’g hfg clw lqe’jg ljdfg:yndf labfOsf] xfn xNnfpg’ x’b} . tl:a/ M k|bLk/fh jGt,/f;;

ब्रिक्स सम्मेलनका अवसरमा भारतको गोवामा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सि जिन पिङबीच त्रिपक्षीय भेटवार्ता हुँदा त्रिदेशीय साझेदारीबारे ओठे ‘सहमति’ जुटेको छ ।

ब्रिक्स र बिम्स्टेक विस्तारित सम्मेलनका अवसरमा शनिबार राति ३ देशका कार्यकारी प्रमुखबीच भएको सो भेटमा चिनियाँ राष्ट्रपति सि र भारतीय प्रधानमन्त्री मोदीले नेपालले प्रस्ताव गरेको त्रिदेशीय साझेदारीको प्रस्तावप्रति सकारात्मक रहेको जानकारी दिएकोप्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

पूर्वनिर्धारित कार्यतालिकाबिना नै ३ देशका कार्यकारी प्रमुखबीच आपसी हित र त्रिपक्षीय चासोबारे अनौपचारिक कुराकानी भएको थियो । प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सिबीच २० मिनेट ‘वान टु वान’ वार्तापछि उनीहरुबीच भेटवार्ता भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

भेटवार्तामा प्रधानमन्त्री दाहालले आफूले अघिल्लो कार्यकालमै नेपाल, भारत र चीनबीच त्रिदेशीय रणनीतिक साझेदारीको आवश्यकतामा जोड दिएकोबारे बैठकमा स्मरण गराएका थिए । “नेपाल, भारत र चीनबीच रणनीतिक साझेदारी आवश्यक रहेको विषयमा मैले स्मरण गराएँ”, प्रधानमन्त्री दाहालले भने– “हामी विशाल छिमेकी भारत र चीनको बीचमा छौं, हामी २ देशबीच डाइनामिक ब्रिज बनेर लाभ उठाउन चाहन्छौं । मैले भेटमा रणनीतिक साझेदारी बारेको विषय महत्व दिएर राखें, भारतका प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिले रणनीतिक साझेदारीबारे नेपालले राखेको प्रस्ताव महत्वपूर्ण छ, हामी यसमा सहमत छौं भन्नुभयो ।”

भेटमा प्रधानमन्त्री दाहालले गौतम बुद्ध, पशुपतिनाथ र जानकीले नेपाल, भारत र चीनलाई जोडेको स्मरण गराउँदै आधुनिक इतिहासमा नेपालले भारत र चीनबीच सुमधुर सम्बन्ध बनाउन पुलको काम गर्न सक्ने बताए । प्रधानमन्त्रीले नेपालले आफ्नै मौलिक आयाम सहित विकासको लक्ष्य पछ्याइरहेको छ भन्दै त्यसका लागि दुवै छिमेकीसँग सन्तुलित, मैत्रीपूर्ण र रणनीतिक सम्बन्ध स्थापित गर्न चाहेको बताए ।

भेटका अवसरमा चिनियाँ राष्ट्रपति सिले देशको भूगोल सानो र ठूलो हुनाले निर्णायक अर्थ राख्दैन भन्दै नेपालले भारत र चीनबीच पुलको काम गर्न सक्ने बताए । सिले चीन र भारतबीचको सम्बन्ध समदुरीमा राख्न नेपालले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा ३ देशको सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरे । भारतीय प्रधानमन्त्री मोदीले चिनियाँ राष्ट्रपति सिको गाउँका दार्शनिक हान सुयान आफ्नो गाउँ गुजरात आएर चीनको ऐतिहासिक विशेषताको प्रचार गरेको तथा चीन फर्केपछि गुजरातको संस्कृति र रहनसहनबारे चीनमा प्रचार गरेको स्मरण गराउँदै नेपाल, भारत र चीनबीच भौगोलिक, भावनात्मक र सांस्कृतिक मित्रता रहेको बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर