newskoseli.Com

बल्ल अघि बढे चुनावसम्बन्धी विधेयक

व्यवस्थापिका–संसदको अाइतबारको बैठकमा निर्वाचनसँग सम्बन्धित ३ विधेयक दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।

बैठकमा का.वा. प्रधानमन्त्री विमलेन्द्र निधिले ती विधेयक दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । स्वीकृत विधेयकमा ‘राजनीतिक दलसम्बन्धी विधेयक, २०७३’, ‘मतदाता नामावली विधेयक, २०७३’ र ‘निर्वाचन आयोग विधेयक, २०७३’ छन् ।

ती विधेयकको गम्भीरतालाई ध्यानमा राखी तदारुकताका साथ संसदको नियमावली, २०७३ बमोजिम सम्बन्धित समितिमा खुला छलफल गर्न सभामुखले सभाको सहमति सहितको निर्देशन दिएकी छन् ।

जनक विश्वविद्यालय विधेयक

शिक्षामन्त्री धनीराम पौडेलले प्रस्तुत गरेको ‘राजर्षि जनक विश्वविद्यालय विधेयक, २०७३’ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि बैठकले स्वीकृत गरेको छ ।

वन तथा भूसंरक्षणमन्त्री शङ्कर भण्डारीले प्रस्तुत गरेको ‘वातावरण संरक्षण समितिको प्रतिवेदसहितको वन (दोस्रो संशोधन) विधेयक, २०७३’ सर्वसम्मतिबाट पारित भएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर