newskoseli.Com

फूल र भ्रातृत्वको पर्व तिहार

तिहारमा फूलका मालाहरुले घर तथा मठमन्दिरहरु सजाइन्छ र बत्तीको बली दिने गरिन्छ । तिहारलाई कतिपय ठाँउमा दीपावलीका रुपमा पनि चिन्ने गरिन्छ ।

तिहारमा यमपञ्चकको पूजाको विधान छ । कागतिहार, कुकुरतिहार, गाइतिहार, गोरुतिहार र भाइतिहार गरी जम्मा पाँच दिन तिहार मनाइन्छ । यी सबै तिहारहरुमा यमराजको पूजा अनिवार्य छ ।

यमपूजाबाट यमराज खुसी हुन्छन् र यसाे गर्दा आफूले गरेको ‘पाप’ कर्मले गर्दा यमलोकमा जाने बेलामा त्यहाँ यमराजले आफ्नो पूजा गर्ने भक्तहरुलाई कम सजाँय दिन्छन् वा सजाय माफ गर्न पनि सक्छन् भन्ने धर्मशास्त्रको मान्यता छ । त्यसैले पनि यपपञ्चकमा यमराजको भव्यरुपमा पूजा गर्ने प्रचलन छ ।

दाजुभाइलाई दिदीबहिनीले सप्तरङ्गी टीका तथा सयपत्री माला लगार्इ भ्रातृप्रेम प्रकट गर्दछन् । आफ्ना दाजुभाइको स्वास्थ्य राम्रो होस् भनेर फलफूल तथा मसला दिने गरिन्छ भने दाजुभाइले पनि आफ्ना दिदीबहिनीलाई दक्षिणा तथा उपहार दिएर खुशी राख्ने गरिन्छ ।

राक्षसका राजा यमराजलाई उनकी बहिनी यमुनाले टीका लगाई पान मसला दिएको पौराणिक धार्मिक ग्रन्थहरुमा वर्णन छन् । त्यसै बेलादेखि नै यो पर्वको रूपमा विकसित भएको मानिन्छ । पानमसलालार्इ शुभको प्रतीक मानिन्छ ।

दिदीबहिनी तथा दाजुभाइ नहुनेहरुले काठमाडौँको रानीपोखरीको बीचको मन्दिरमा गएर टीका लगाउने गरेका छन् । उक्त मन्दिर हरेक वर्ष भाइटीकाको दिन मात्र खोल्ने गरिन्छ । मूलतः तिहार पर्वलाई फूल र भ्रातृत्वको चाडका रुपमा लिने गरिन्छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर