newskoseli.Com

भारतीय राष्ट्रपति काठमाडाैंमा : राष्ट्रपतिबाट स्वागत

ef/tLo /fi6«kltnfO{ :jfut ef/tsf /fi6«klt k|0fj d’vhL{]nfO{ a’waf/ /fi6«klt e08f/Ln] lqe’jg cGt/f{li6«o ljdfg:ynsf] cltljlzi6 sIfdf :jfut ug'{x’Fb} . tl:a/ M k|sfz l;njfn, /f;;

नेपालको राजकीय भ्रमणका क्रममा भारतका राष्ट्रपति प्रणव मुखर्जी काठमाडाैं अाइपुगेका छन्र । उनलार्इ राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गरेकी छन् ।

राष्ट्रपति भण्डारीले मुखर्जीलार्इ पुष्पगुच्छाले स्वागत गरेकी हुन् । नेपालका विशिष्ट अतिथि मुखर्जीको स्वागतार्थ विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहाल उपस्थित भए ।

राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा विशेष विमानबाट मध्याह्न करिब १२ः२० मा अवतरण गरेका राष्ट्रपति मुखर्जीलाई नेपाली सेनाको एक टोलीले सम्मान गारत अर्पण गरेको छ ।

सो अवसरमा मन्त्रिपरिषद्का सदस्य, परराष्ट्र मन्त्रालय र राष्ट्रपतिको कार्यालयका वरिष्ठ अधिकारीहरु उपस्थित भए । भारतका राष्ट्रपतिको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी पनि दियो ।

विमानस्थलको विशेष समारोहपछि राष्ट्रपति भण्डारीका साथ भारतीय राष्ट्रपति एउटै मोटरमा राष्ट्रपति कार्यालय शीतलनिवासतर्फ प्रस्थान गरेका छन् ।

राष्ट्रपतिको सवारीमार्ग विमानस्थलदेखि राष्ट्रपति कार्यालय शीतल निवाससम्मको मार्गमा नेपाल र भारतका राष्ट्रिय झण्डा फहराएर अतिथिको स्वागतार्थ सर्वसाधारण उभिएका छन् ।

मुखर्जीको ६० सदस्यीय भ्रमण दल

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर