newskoseli.Com

प्रधानमन्त्री भन्छन्– ‘मुखर्जी एसियाकै उच्च नेता’

dxfljBfjfl/lwsf] pkflw ef/tLo /fi6«kltnfO{ ef/tsf /fi6«klt k|0fj d’vhL{nfO laxLaf/ sf7df8fF} ljZjljBfnoåf/f k|bfg ul/Psf] dfgfy{ dxfljBfjfl/lwsf] pkflwåf/f lje”lift ljz]if bLIffGt ;df/f]xdf ;Daf]wg ug'{x’Fb} k|wfgdGqL Pjd ;f] ljZjljBfnosf s’nklt k’iksdn bfxfn . tl:a/ M k|bLk/fh jGt, /f;;

भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले एसिया महादेशकै एक उच्च नेताका रुपमा चित्रण गरेका छन् ।

राष्ट्रपति मुखर्जीलाई मानार्थ महाविद्यावारिधिको उपाधि प्रदान गर्न काठमाडाैं विश्वविद्यालयले बिहीबार राजधानीमा आयोजना गरेको विशेष दीक्षान्त समारोहमा बाेल्दै प्रधानमन्त्री दाहालले भारतलाई विकासको पथमा अग्रसर गराउन मुखर्जीले निर्वाह गरेको भूमिकाको सराहना गर्दै त्यसो भनेका हुन् ।

उच्च राजनीतिक छवि बोकेका मुखर्जीको राजनीतिक व्यक्तित्व र विचार अर्थपूर्ण जीवनका लागि प्रेरक हुने समेत प्रधानमन्त्री दाहालले उल्लेख गरे ।

नेपालको ३ दिने राजकीय भ्रमणमा रहेका राष्ट्रपति मुखर्जीलाई काठमाडौँ विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्बन्ध, सार्वजनिक सेवा र कुशल राजनीतिका लागि मानार्थ महाविद्यावारिधि प्रदान गरेको हो ।

प्रधानमन्त्रीले भने– “नेपाल–भारतबीचको सम्बन्धमा सांस्कृतिक, धार्मिक र सामाजिक समानता पाइनुका साथै मौलिकतायुक्त पनि छ । राष्ट्रपति मुखर्जीको भ्रमणले सम्बन्धमा थप व्यापकता आएको छ ।”

जीवनमा पत्रकार, बैङ्कर, अर्थशास्त्री, कुशल राजनीतिज्ञ हुँदै उच्चतम ओहोदामा पुगेकामा मुखर्जीलाई बधाई दिँदै प्रधानमन्त्री दाहालले उनको राष्ट्रपतीयकालमा भारतले ‘सफल स्टेटम्यानसिप’ पाइरहने विश्वास व्यक्त गरे ।

स्थापनाको २५ वर्षे यात्रामा सो विश्वविद्यालयले यसअघि नेपालका संस्कृतिविद् सत्यमोहन जोशी र भारतका राजनीतिज्ञ करण सिंहलाई मानार्थ महाविद्यावारिधि प्रदान गरिसकेको छ ।

मुखर्जीले यसअघि सन् २०१३ मा बङ्गलादेशको ढाका विश्वविद्यालय, सन् २०१४ मा भारतको कोलकात्ता विश्वविद्यालय, सन् २०१५ मा रसियन डिप्लोम्याटिक एकेडेमी, सन् २०१५ मा ब्रसेल्स स्टेट युनिभर्सिटी, सन् २०१५ मा जोर्डन विश्वविद्यालय र सोही वर्ष इजरायलको हेब्रु विश्वविद्यालयबाट मानार्थ महाविद्यावारिधि सम्मान प्राप्त गरिसकेका छन् ।

दीक्षान्त ग्रहण भाषण गर्दै भारतीय राष्ट्रपति मुखर्जीले सम्मानबाट मानवसेवामा थप समर्पित हुन आफूलार्इ प्रेरणा मिलेको बताए । सो विश्वविद्यालयका विद्यार्थीलाई भविष्यका आशा र नेताका रुपमा सम्बोधन गर्दै उनले नवीन खोज र शिक्षा आर्जनबाट सार्वजनिक जीवनमा सार्थक योगदान दिन आह्वान गरे ।

मुखर्जीले भने– “नवीन खोजबाट नै विश्वमा औद्योगिक विकासको युग प्रारम्भ भएको हो । मैले काठमाडौँ विश्वविद्यालयका विद्यार्थीबाट पनि त्यो काम हुने विश्वास लिएको छु । मलाई सम्मान दिएर ममाथि गरिएको मानवसेवाको अपेक्षा पनि पूरा गर्ने सङ्कल्प गर्दछु ।”

विश्वविद्यालयका उपकुलपति डा. रामकण्ठ माकजु श्रेष्ठले शैक्षिक सुधारका लागि शिक्षाको पुनर्परिभाषा गर्दै उच्च शिक्षासम्मलाई समुदाय र सीपसँग जोड्नुपर्ने बताए । वि.सं. २०४८ मा निजी क्षेत्रको पहिलो विश्वविद्यालयका रुपमा काठमाडौँ विश्वविद्यालयको स्थापना भएको हो । सो विश्वविद्यालयबाट सयौँ भारतीय विद्यार्थीले समेत उच्च शिक्षा हासिल गरिसकेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर