newskoseli.Com

मुखर्जीले के लेखे पशुपतिको आगन्तुक पुस्तिकामा ?

kz’kltgfydf ef/tsf /fi6«klt g]kfnsf] /fhsLo e|d0fdf /xg’ePsf ef/tsf /fi6«klt k|0fj d’vhL{ cf/fWob]j kz’kltgfysf] laxLaf/ ljz]if k”hfcr{gf ug{ k’Ug’x’Fb} . tl:a/ M /Tg >]i7, /f;;

भारतका राष्ट्रपति प्रणव मुखर्जीले पशुपति क्षेत्रका घाटको पुनर्निर्माणमा सहयोग गर्ने चाहना व्यक्त गरेका छन् । पशुपतिनाथ मन्दिरमा पञ्चामृत अभिषेक र सवा लाख दीप प्रज्वलनसहितको विशेष पूजापछि पशुपति क्षेत्र विकास कोषको आगन्तुक पुस्तिकामा उनले लेखेका छन् – “पशुपतिनाथ मन्दिर नेपाल र भारतका जनताका लागि समान श्रद्धाको केन्द्र हो ।”

नेपालको राजकीय भ्रमणको दोस्रो दिन बिहीबार बिहान पशुपतिनाथको दर्शनार्थ पुगेका मुखर्जीले मन्दिरमा पुनः आउन पाएकामा आफू प्रसन्न रहेको उल्लेख गरे । “पशुपतिनाथ मन्दिर सांस्कृतिक, धार्मिक र ऐतिहासिक महत्वको स्थान हो” आगन्तुक पुस्तिकामा उनले लेखेका छन् । पुरातात्विक महत्वको पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्न पाउँदा आनन्दको अनुभूति गरेको राष्ट्रपति मुखर्जीले पुस्तिकामा उल्लेख गरेका छन् ।

“नेपाल–भारतमैत्री पशुपतिनाथ धर्मशाला परियोजनाको स्थापनामा सहयोग गर्न पाउँदा भारत सरकारलाई खुसी लागेको छ, यो योजनाको अहिले कार्यान्वयन भइरहेको छ”– उनको मन्तव्यमा उल्लेख छ । अद्वितीय पशुपतिनाथ क्षेत्रको संरक्षण र सम्बर्धन सफलताको कामना पनि उनले गरेका छन् । सात वर्षअघि आएका बेलामा भन्दा अहिले बागमती नदी सफा भएकामा राष्ट्रपति मुखर्जीले खुसी व्यक्त गरे ।

पशुपति परिसरमा पुगेका राष्ट्रपति मुखर्जीलाई दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै नेपाल वेद विद्याश्रमका ब्राह्मण बटुकले वैदिक मन्त्रोच्चारणले स्वागत गरेको कोषका सदस्य सचिव डा. गोविन्द टण्डनले जानकारी दिए । “राष्ट्रपति मुखर्जीले विशेष पूजापछि भूकम्पले पशुपति प्राङ्गणमा के–कति क्षति पुर्यायो भनी जिज्ञासा राख्नुभयो, आर्यघाट क्षेत्रको संरक्षण सम्बर्धनमा पनि उहाँले विशेष रुचि देखाउनुभएको छ”– उनले भने ।

राष्ट्रपति मुखर्जीले सबै मठमन्दिरमा खाममा राखेर दक्षिणा चढाए । कोषका तर्फबाट राष्ट्रपति मुखर्जीलाई काठले बनेको नृत्यनाथ, नटराज एवम् अन्य देवीदेवताका तीन फिट अग्लो मन्दिर उपहारस्वरुप प्रदान गरियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर