newskoseli.Com

जग्गा प्लटिङका कारण उत्पादन घट्यो : मन्त्री कार्की

सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले अन्नको उर्वर भूमिका रुपमा चिनिएको झापा र देशका अन्य भू–भागमा पनि पछिल्लो समयमा जग्गा प्लटिङले अन्न उत्पादनमा प्रभाव परेकोप्रति चिन्ता व्यक्त गरका छन् ।

माओवादी केन्द्र निकट व्यवसायीको सङ्गठन नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनको प्रथम झापा जिल्ला भेलालाई साेमबार सम्बोधन गर्दै उनले यस्तो कार्य रोक्न जग्गाको वर्गीकरण गर्नुपर्ने बताए ।

उनले आफूले यस विषयमा सदनमा समेत कुरा उठाएको बताउँदै जमिन, जङ्गल, उद्योग तथा आवास निर्माणका लागि जमिनलाई वर्गीकरण गर्नुपर्ने र वर्गीकरणअनुसारकै कार्यसम्पादन हुनुपर्नेमा जोड दिए ।

मन्त्री कार्कीले कृषिपछि देशलाई समृद्ध बनाउन उद्योग व्यवसायको मुख्य भूमिका रहने हुँदा व्यवसायीलाई एकजुट हुनसमेत आग्रह गरे । व्यापारलाई पनि समयअनुसार परिवर्तन गर्दै लैजानु पर्नेमा उनको जोड थियो ।

मन्त्री कार्कीले भने – “उत्पादित वस्तुलाई प्रशोधन गरेरमात्र बजार पुर्‍याउँदा त्यसको बजार सुरक्षित हुन्छ र मूल्य पनि राम्रो हुन्छ ।” उनले नेपालीले योजनाबिना नै व्यापार गर्ने भएका कारण व्यापार घाटामा जाने गरेको बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर