newskoseli.Com

चन्द माओवादीको बन्दमा राजधानी ठप्प

नेत्र चन्द नेतृत्वको नेकपा (माओवादी) ले आइतबार आह्वान गरेको नेपाल बन्दका कारण राजधानीका सडक, उद्योग, व्यवसाय र शिक्षण संस्था ठप्प भएका छन् भने जनजीवन समेत व्यापक रूपले प्रभावित भएको छ ।

जनताका दैनिक उपभोग्य वस्तु र पेट्रोलियम पदार्थको मूल्यमा आधा कटौती गर्नुपर्ने र राज्यले खाद्य सम्प्रभुता ग्यारेन्टी गर्नुपर्ने माग गर्दै माओवादीले आह्वान गरेको बन्दका कारण काठमाडौँमा सार्वजनिक सवारी साधन चलेका छैनन् । निजी नम्बर प्लेटका केही साना सवारी साधन भने यदाकदा सडकमा देखिन्छन् ।

बन्दका कारण राजधानीका सबैजसो विद्यालय, क्याम्पस, पसललगायत बन्द भएका छन् । सडकमा बन्दकर्ताको खासै सहभागिता नदेखिए तापनि बन्दको व्यापक प्रभाव परेको छ । त्रिवि अन्तर्गतको आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभागले आइतबारका लागि निर्धारण गरेको परीक्षा समेत स्थगित हुन पुगेको छ ।

७६ बन्दकर्ता पक्राउ गरिएको प्रहरीकाे भनाइ

बन्दका क्रममा काठमाडौँका विभिन्न स्थानबाट ७६ बन्दकर्ता पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले जानकारी दिएका छन् । आयोजक नेकपा (माओवादी) ले भने देशभरबाट सयौं नेता–कार्यकर्ता पक्राउ गरिएको भन्दै आपत्ति जनाएको छ ।

कलङ्की, कोटेश्वर, महाराजगन्ज, चाबहिललगायतका क्षेत्रबाट बन्दकर्ता पक्राउ परेको कार्कीले बताए । सडकमा बन्दकर्ता देखिनासाथ प्रहरीले तत्काल पक्राउ गरिरहेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर