newskoseli.Com

हाम्रो सहमतिबिनाको संशोधन अमान्य : ठाकुर

तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूहरुको सहमतिबिनाको संविधान संशोधन मान्य नहुने धम्की दिएका छन् । शनिबार साँझ सिरहाको लहान आइपुगेका ठाकुरले पत्रकारहरुसँग कुराकानी गर्दै सहमति नलिई संविधान संशोधन भए आफूहरु आन्दोलनमा जाने चेतावनी दिए ।

अाफूले प्रधानमन्त्रीबाट फोनमार्फत संविधान संशोधनको मस्यौदा तयार भइसकेको जानकारी प्राप्त गरेको बताउँदै सरकारले ल्याउन लागेको संविधान संशोधनको मस्यौदाको ‘कन्टेन्ट’ को बारेमा हालसम्म मधेसी मोर्चासँग कुनै छलफल नभएको दाबी ठाकुरले गरे ।

सरकारको बोली र व्यवहार फरक देखिने गरेको आरोप लगाउँदै उनले सरकार र मधेसवादी दलबीच भएको ३ बुँदे सम्झौताअनुसार संविधान संशोधन हुनुपर्नेमा जोड दिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर