मध्य इराकमापर्ने सिते मुसलमान समुदायको पवित्र सरह कारबाला नजिकै बम विस्फोट गराउन लागेका ६ जना आत्मघाती आक्रमणकारी इराकी सुरक्षा बलद्धारा जारी कारबाहीमा मारिएका छन् । यस क्रममा ६ सर्वसाधारण पनि मारिएका इराकी गृह मन्त्रालयका प्रवक्ताले जानकारी दिएको छ ।
सो आक्रमण सोमबार बिहान आइन अल तामुर सहरमा भएको थियो । सो क्षेत्र कारबालबाट करिब ८० किलोमिटर पश्चिममा पर्दछ । सुरक्षा बल र आत्मघाती आक्रमणकारीबीच जारी रहेको झडप र विस्फोटमा परी ६ सर्वसधारणको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।
इमाम हुसेनको स्मरणस्वरुप मनाइने दिनको तयारी गरिहरेका सिते मुसलमान समुदायलाई लक्ष्यगरी सो आक्रमण भएको बताइएको छ । सन् ६८० मारिएका इमामलाई कारबालामा गाडेको बताइन्छ । कारबाला इराकको राजधानी बग्दादबाट एकसय १० किलोमिटर दक्षिणमा पर्दछ ।
सिते मुसलमानले गत अक्टोबर १२ को दिनमा धार्मिक नाम ‘असुरा दे’बाट परिचित दिनमा इमाम मारिएका स्मिृति दिवस मनाइसकेका छन् । तर सो दिनको ४० दिन पछाडि अर्थात नोभेम्बर २१ का दिनमा कारबालामा उनको स्मरण दिवस मनाइने गरिन्छ ।
यसैको तयारीमा रहेका सिते मुसलमानलाई लक्षित साेमबारको आक्रमण भएको बताइएको छ । यस आक्रमणको हालसम्म कुन पनि समूहले जिम्मा लिएको छैन् । इराकमा गत अक्टोबरमा भएको सशस्त्र द्वन्द्व, आतङ्ककारी आक्रमण र हिंसामा परी १ हजार ७ सय ९२ सर्वसधारणको मृत्यु भएको र १ हजार ३ सय ५८ घाइते भएका इराकको लागि संयुक्त राष्ट्र सङ्घीय मिसनले जानकारी दिएको छ ।